बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

बिहीबार, १५ फागुन २०७६, १२ : ३५
बिहीबार, १५ फागुन २०७६

काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । 

यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्नेछन् । यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ । 

यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।
 
भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स१७१०६ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् ।
 
यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रति मिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।  
 
यसैगरी ग्राहकहरुले रु १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।
 
यो अफर ९० दिन सम्म संचालनमा रहनेछ । ग्राहकले एस्टिक्«स१७१०६एस्टिक्«स१ह्यास् डायलगरी आफुले सुचारु गरेको अफरको समयसिमा सजिलै थाहा पाउन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप