शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु`

बिहीबार, १५ फागुन २०७६, ११ : ५१
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । कास्की, ताप्लेजुङ, बर्दियार सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा ग.१ ख ९५९५ नम्बरको माईक्रो बसले ग.१४ प ५२४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवारस्याङजा अर्जुन चौपारी-५ आरुचौर घर भई हाल पोखरामहानगरपालिका-१४ चाउथे बस्ने ३३ वर्षीय ईश्वर बहादुर क्षेत्री र आरुचौर बस्ने३८ वर्षीय मेघ बहादुर क्षेत्रीकोपश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै सोही मोटरसाइकलले ग.१७ प १८८०नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका-९ पृथ्वी चोक बस्ने २१ वर्षीय शुशिलशर्माको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ साँघु चारभाईस्थित सडकमा को.३ त ९३ नम्बरको ट्याक्टर सडकबाट १० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सह-चालक सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्युभएको छ । दुर्घटनामा घाइते भएका चालक मेरिङदेन गाउँपालिका-४ बस्ने २१ वर्षीय पासाङ तेन्जि शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
उता बर्दियाको ठाकुरबाबा नगरपालिका-२ रानीपुरस्थित सडकमा से.१ च ९६० नम्बरको जिपले भे.८ प ९१७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-८ बस्ने ३२ को निरक शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-८ मडेला बस्ने ३८ वर्षीय जीवन बडुवालको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
सिरहाको कर्जन्हा नगरपालिका-४ स्थित सडकमा पनि बिग्रिएर सडक किनारामा रोकीराखेको ना.३ ख ९०२४ नम्बरकोट्रकमा      स.८ प ७७१२नम्बरको मोटरसाइकल बिहीबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय बिपया दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-८ बस्ने २७ वर्षीय सोनिया दासको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ । 
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्रीोहय समाचार कक्षले जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप