बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोलखा भीमसेनलाई पसिना आएपछि शितल निवासले पठायो कालो बोको

बुधबार, १४ फागुन २०७६, २३ : १४
बुधबार, १४ फागुन २०७६

दोलखा । गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पु¥याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । 

मन्दिरमा बोकाको बलि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । सो अवसरमा भीमेश्वर मन्दिरमा रुद्री पाठ समेत गरिएको थियो । भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने प्रचलन छ । पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्रप्रमुखकामा पठाउने गरिन्छ । भीमेश्वरको शिलामा फागुन ८ गते बिहीबार बिहान ६ बजेर २५ मिनेटदेखि ८ बजेर २५ मिनेटसम्म पसिना आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप