बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु'

बुधबार, १४ फागुन २०७६, २२ : २३
बुधबार, १४ फागुन २०७६

 बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका छन् ।  

    शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित एक कार्यक्रममा आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका हुन् ।  

    आफूहरूले नै चाहेर शाही पदवीबाट मुक्त भएकाले अब पनि शाही पदावीबाटै सम्बोधन गर्न उपयुक्त नहुने उनको भनाइ छ । 

    आफ्नी श्रीमती र छोरासँगै आफू सर्वसाधारण नागरिक भएर काम गर्न चाहेकाले सबैले त्यही तरिकाले ग्रहण गर्न र व्यवहार गर्न ह्यारीले आग्रह गरे । 

    ह्यारी दम्पत्तिले केही हप्ता अगाडि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए ।

    शाही दरबारले पनि चरण चरणका छलफल र प्रयासहरूलाई आधार मानेर उनीहरूको घोषणालाई स्वीकृति दिने निर्णय गरेको थियो ।

    शाही दरबारको सो निर्णयसँगै उनीहरूले शाही उपाधि अन्त्य हुने सुनिश्चित भए पनि आगामी वसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ । 

    दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम पनि पाउने छैनन् । 

    बेलायती महारानी एलिजावेथ द्वितीयाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनले केही समयको प्रेम सम्बन्धपछि सन् २०१८ मा विवाह गरेका हुन् ।

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप