शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म्याच फिक्सिङको आरोपमा दिपेशलाई दुई वर्ष प्रतिबन्ध

बुधबार, १४ फागुन २०७६, २१ : ४६
बुधबार, १४ फागुन २०७६

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा म्याच फिक्सिङ गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्ष प्रतिबन्ध गरेको छ । एन्फाले दिपेशलाई ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । ‘ए’ डिभिजन लिगमा सरस्वती र हिमालयन शेर्पा क्लबबीच खेलमा दिपेश नियम विपरित म्याच फिक्सिङको कार्यमा सक्रिय भएको एन्फाको आरोप छ ।

यसैगरी एन्फाले हिमालयन शेर्पा क्लबका म्यानेजर विजेन्द्र पुडासैनीलाई तीन महिना निलम्बन र ३० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । शेर्पाका गोलरक्षक प्रशिक्षक मिनबहादुर बस्नेतलाई भविष्यमा नियम विपरित काम नगर्न सुझाएको छ । हालै सम्पन्न ‘ए’ डिभिजन लिग अन्तर्गत सरस्वतीले शेर्पा क्लबलाई ४–३ गोलले परादित गरेको थियो ।

लिगमा एउटा मात्र जित निकालेको सरस्वतीले नवौं खेलमा पुगेर मात्र शेपालाई हराउन सकेको थियो । अस्वभाविक गोल भएको उक्त खेल फिक्सिङ भएको समाचार बाहिर आएको थियो । तर फिक्सिङ कान्डमा मुछिएपनि अन्तिममा सरस्वतीले रेलिगेसन जोगाउन भने सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप