शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पनि व्यवसायिक खेलकुदको विकास भइरहेको छ: मन्त्री विश्वकर्मा

बुधबार, १४ फागुन २०७६, २१ : ४०
बुधबार, १४ फागुन २०७६

सिरहा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा पनि व्यवसायिक खेलकुदको विकास भइरहेको बताएका छन् । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा एकिकृत खेलग्रामको शिल्यान्यास तथा तेस्रो मेयर गोलबजार नगर गोल्डकपको फाइनल खेललाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले कुनै बेला हुनेखाने समुदायको मनोरञ्जनको सधानमात्र रहेको खेलकुद विस्तारै व्यवसायिक बन्दै गएको बताएका हुन् । खेलकुद व्यक्तिगत स्वास्थ्यसँगै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको पहिचान बनाउन पनि खेलकुदको महत्वपूर्ण योगदान रहेको मन्त्री विश्वकर्माले बताए । उनले भने, ‘खेलकुदले पछिल्लोपटक व्यक्तिको स्वास्थ्य, नाम, इज्जतसँगै राष्ट्रको शिर पनि उचो बनाएको छ ।’

खेलकुद जगतलाई व्यसायीक बनाउन तीनै तहका सरकार, नीजी तथा गैरसरकारी संस्थाहरुको पनि लगानी आवश्यक रहेको मन्त्री विश्वकर्माले बताए । उनले भने, ‘विकसित मुलुकहरुमा नीजि क्षेत्रले पनि खेलकुदमा लगानी गरेको धेरै उदाहरण छन्, नेपाली खेलकुदलाई थप उचाईमा पुर्याउन सबै क्षेत्रको लगानीको जरुरी छ ।’

वर्तमान सरकारले खेलकुद पूर्वाधार विकासको लागि ८४ वटा पालिकामा लगानी गरिरहेको समेत उनले बताए । उनले भने, ‘संघीय सरकारले ८४ पालिकामा खेलकुद पूर्वाधार विकास योजना ल्याएको छ, ती सबै कार्यहरु समयमै सम्पन्न हुन्छ ।’

मन्तव्यकै क्रममा मन्त्री विश्वकर्माले चालू आर्थिक वर्षमा एक करोड बजेट यो खेलग्रामको लागि छुट्टयाएको भन्दै ती वर्षभित्र खेलग्रामको सम्पूर्ण काम सम्पन्न हुने बताए । उनले आफ्नो मन्त्रालयले आवश्यक सबै निकायसँग समन्वय र सहकार्य गरेर यो खेलग्राम ३ वर्षभित्रै पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

गोलबजार मेयर गोल्डकपको उपाधी बागमतिलाई

आज भएको तेस्रो गोलबजार मेयर गोल्डकप २०७६ को उपाधि बागमति युवा क्लवले हात पारेको छ । चर्च ब्वाईज, काठमाडौंसँग भएको फाईनल खेलमा बागमतिले सून्यको विरुद्ध २ गोल गर्दै ३ लाख नगद उपाधी हात पारेको हो । दोस्रो भएको चर्च व्बाइजले १ लाख ५० हजार नगद पाएको छ ।

फाइनल खेलमा बागमतिको तर्फबाट जर्सिनम्वर ९ का विदेशी खेलाडी फिलिप र जर्सी नम्बर ६ खेलाडी दिप लामाले गरेका थिए । दुवै गोल मध्यान्तरपछि भएको थियो ।  बागमतीका याङदोर्जे लामा सर्बोत्कृट खेलाडी घोषित भएका छन् । उनलाई १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको आयोजक पक्षले जनाएको छ । त्यसैगरी उत्कृष्ट गोलकिपरमा चर्च ब्वाइजका रेम्बो चौधरी, उत्कृष्ट डिफेन्स निरज बस्नेत, उत्कृष्ट फरवार्ड रोसन तुम्हाम्फेलाई सम्मानपत्रसहित १० हजार नगद प्रदान गरिएको छ । 

त्यसैगरी, सर्वाधिक गोलकर्ता बागमतीका विदेशी खेलाडी फिलिप ३ गोल गरेका थिए । उनलाई नगद १० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । भने, बागमतीकै गोलरक्षक अरुण लामा आजको खेलमा म्यान अफ दी म्याच घोषणा भए । उनलाई ६ हजार नगद र सम्मान गरिएको छ । 

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सुरु भएको खेल ७ दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरका ८ टिमको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप