शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिवास–जलेश्वर सडक अवरुद्ध

बुधबार, १४ फागुन २०७६, २० : ०९
बुधबार, १४ फागुन २०७६

जिल्ला सदरमुकामसँग पूर्वपश्चिम राजमार्ग जोड्ने महोत्तरीको बर्दिवास–जलेश्वर सडकमा पछिल्लो वर्षाले यातायात अवरुद्ध भएको छ । 
जम्मा ४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक मङ्गलबार साँझ परेको पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो । 

सडकको स्तरोन्नतिका लागि माटो भर्ने क्रम चलीरहेका बेला वर्षा हुँदा चिम्ट्ययाइलो माटो हिलाम्य भएको हो । हिलाम्य सडकमा आज बिहानैदेखि सार्वजनिक यातायातका साधन बस, जिप, टेम्पु र अन्य साधन चल्न सकेका छैन । दिनहुँ सयौं सवारी साधनको बाक्लो आवागमन हुने सडकमा यातायात ठप्प भएपछि जिल्लाको उत्तरीक्षेत्रका बासिन्दा सदरमुकाम जलेश्वर पुग्न जनकपुरधाम भएर घुमेर लामो बाटो जानु परेको छ । जिल्लाका अन्य ग्रामीण सडक पनि हिलाम्य भएका छन् ।
 
    मङ्लबार परेको पानीले सम्सी, रामगोपालपुर, गौशाला, औरही, मटिहानी र मनराशिशवासहितका स्थानमा सञ्चालित इँटा उद्योगमा कच्चा इँटा गलेर लाखौंको नोक्सानी भएको छ । आज पनि बिहानैदेखि छिनछिनमा पानी परीरहेको छ । वर्षाका कारण यस क्षेत्रको तापक्रम ह्वात्तै घटेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप