शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

बुधबार, १४ फागुन २०७६, १७ : १३
बुधबार, १४ फागुन २०७६

प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ । 

सदनको मङ्गलबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले  आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए । 

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र  शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘राष्ट्रिय खेलकूद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप