बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३ थान बाघको छाला सहित २ जना पक्राउ

बुधबार, १४ फागुन २०७६, १६ : ४३
बुधबार, १४ फागुन २०७६

ललितपुर ।  महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले  बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । 

लगनखेलस्थित  बसपार्कबाट बाघको छाला ३ थान सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 पक्राउ पर्नेमा  ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी रहेका छन् । 

विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले  बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप