
मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

झापा । गौरीगंज गाउँपालिका-६ देवीगंजबाट बिआर ३८८१३५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-७ ग्वालडुब्बा बस्ने ३७ वर्षीय कालचन माक्रा र गौरीगंज गाउँपालिका-६ बस्ने २७ वर्षीय शरद कुमार माक्रा रहेका छन् ।
गौरीगंज गाउँपालिका-६ देवीगंज बस्ने उपेन्द्र यादवको घरबाट सोमबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा कालचनको घरमा मोटरसाइकल चोरी गरी लुकाइछिपाई राखेको अवस्थामा फेला पारी चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ