शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चार महिनादेखि दुबईको अस्पतालमा अलपत्र यमकुमारी अन्ततः नेपाल आइपुगिन्

बुधबार, १४ फागुन २०७६, १२ : ४३
बुधबार, १४ फागुन २०७६

युएई । मानसिक सन्तुलन गुमाएर दुबईको अस्पतालमा अलपत्र परेकी गोरखा ८, फिनामकी यमकुमारी थापा नेपाल फर्केकी छन् ।

उनी बुधबार नेपाल एअरलाईन्सको उडानबाट नेपाल फर्केकी हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई रोशन राना र भाइ अतुल थापाले स्वागत गरेका थिए ।

विगत चार महिनादेखि मानसिक सन्तुलन गुमाएर दुबईको रसिद अस्पतालमा उपचार गराईरहेकी यमकुमारीको बारेमा विभिन्न संचारमाध्यम तथा सोसल मिडियामा समाचार प्रकाशित भएपछि युएईमा भएका सामजिक संघसंस्थाहरुले उद्दारका लागि अपिल गरेका थिए ।

नेपाली दुतावास आबुधावीको विशेष सहयोगमा गोरखा समाज युएईले हवाई टिकट उपलब्ध गराई यमकुमारीलाई नेपाल फर्काइएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप