शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रधानमन्त्रीज्यू, इजार कसेर संसदमा आउनुहोस्’

बुधबार, १४ फागुन २०७६, ०९ : ५८
बुधबार, १४ फागुन २०७६

काठमाडौँ । समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोपको जवाफ संसदबाट दिने भएका छन् । मातातिर्थको सरकारी जग्गा व्यक्तिको नाममा बाँडेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री भट्टराईमाथि आरोप लगाएका थिए ।

पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले डा. भट्टराईले यस विषयमा संसदमा जवाफ दिने जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै उनले लेखेका छन्,

प्रमज्यू, यती काण्ड, गोकुल काण्ड, जन्मदिनमा हेलिकप्टरमा केक लगेर काटेर गरिएको राजसी ठाँटबाँठ काण्ड हुँदै धेरै काण्डै काण्डको दलदलमा तपाईं फसिसक्नुभएको छ । हिन्दीमा एउटा उखान छ –हम तो डुबेंगे सनम, साथमे तुमको भि डुबाएङ्गे । यस्तै आफू डुब्ने निश्चितप्रायः देखेपछि आफूलाई मन नपर्नेजति सबैलाई डुबाउन सकिन्छ कि भनेर असफल प्रयास गरिराख्नुभएको छ । त्यो हामी सफल हुन दिँदैनौं । आज १ बजे संसदमा तपाईंको इजार राम्रोसँग कसेर आउनुहुन अनुरोध छ । तपाईंले पूर्वप्रम बाबुराम भट्टराईप्रति संकेत गर्दै मातातीर्थको जग्गा प्रकरणमा उठाउनुभएको प्रश्नलाई कानुनी, राजनीतिक, नैतिक सबै कोणबाट तपाईंलाई आज संसदबाटै  जवाफ दिनुहुनेछ ।

‘कम्युनिष्ट’ सरकारले ‘जनताको जोत, यति होल्डिङ्सको पोत’ बनाउन खोजे पनि हामी त्यसो हुन दिदैनौँ । ‘जसको जोत, उसको पोत’ नै हुन्छ ।

प्रमज्यू, यती काण्ड, गोकुल काण्ड, जन्मदिनमा हेलिकोप्टरमा केक लगेर काटेर गरिएको राजसी ठाँटबाँठ काण्ड हुँदै धेरै काण्डै...

Posted by Bishwadeep Pandey on Tuesday, February 25, 2020

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप