शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

बुधबार, १४ फागुन २०७६, ०७ : ५७
बुधबार, १४ फागुन २०७६

दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगे ।

अस्पतालमा पीडितलाई भेटेपछि हर्षवर्धनले भने, ‘अहिलेसम्म हिंसामा मारिनेको संख्या १३ पुगिसकेको छ । सोमबार ८१ जनालाई घाइते अवस्थामा यहाँ ल्याइएको थियो । मंगलबार ६९ घाइतेलाई अस्पताल ल्याइएको छ । यीमध्ये ३०–४० जना उपचार गरेर घर फर्किसकेका छन् । यहाँ मैले विभिन्न वार्डमा बिरामीको अवस्था देखेको छु । यीमध्ये कति बिरामीको स्थितीलाई गम्भीर मान्न सकिन्छ ।’

यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ ।

मेट्रो स्टेशन नजिकै प्रदर्शन गरिरहेका मध्ये धेरैजसो महिला थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसले यसको जानकारी दिएको हो ।

जाफराबादमा महिलाले केही दिनदेखि सीएएविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए । तर शनिबार राती प्रदर्शनकारीमध्ये केहीले जाफराबाद रोड अवरुद्ध गरिदिए ।

आइतबार धर्ना स्थलबाट केही पर सीएएको समर्थनमा भारी मात्रामा भीड जम्मा हुन थाल्यो जसका कारण स्थिती तनावग्रस्त भयो  । सोमबार त हिंसा नै सुरु भयो ।

दिल्ली पुलिसको पत्रकार सम्मेलनः

दिल्ली पुलिसका डीसीपी मनदीप सिंह रंधावाले पत्रकार सम्मेलन गर्दै हिंसा र त्यससँग जोडिएको कारवाहीबारे जानकारी दिए । रंधमवाका अनुसार सोमबारदेखि सुरु भएको हिंसामा अहिलेसम्म १० जनाको ज्यान गइसकेको छ । यीमध्ये ९ जना सर्वसाधारण छ एकजना हेड कन्स्टेबल रतन लाल हुन् ।

डीसीपी रंधावाले भने, ‘दिल्ली पुलिसका ५६ जवान घाइते भएका छन् । उत्तरी–पूर्वी दिल्लीमा पर्याप्त मात्रामा जवान तैनाथ गरिएका छन् । हामीसाग अर्धसैनिक बलमा सीआरपीएफ र एसएसबी छन् । यीबाहेक ग्राउन्डमा पेट्रोलिङका अन्य थुप्रै तरिकाले निगरानी गरिँदैछ । पुलिसले धारा १४४ लगाएको छ । १४४ लागु हुँदा हुँदै पनि आज केही इलाकामा हिंसा भएको छ । म दिल्ली निवासीलाई अपिल गर्छु कि कानूनलाई आफ्नो हातमा नलिनुहोस् । असामाजिक तत्वविरुद्ध कडा कारवाही गएिको छ । ड्रोन्सको मद्दत लिइरहेको छु । हामी सिसिटीभी रेकर्डिङको पनि अनुसन्धान गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप