सैनिक मुख्यालय ठडियो, कामदारको भने रित्तो हात
भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्रयाक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन् । २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा खटिएकाले भुक्तानी नपाएपछि सैनिक मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् ।
गत असार देखि मुख्यालय सञ्चालनमा आएको भए पनि निर्माण कार्यमा खटिएकाले भने भुक्तानी नपाएका हुन् । पैसा नपाएका कामदार र सब कन्ट्राक्टरहरुलाई नेपाली सेनाले मुख्य ठेकेदारलाई रकम भुक्तानी गरिसकेको बताएको छ भने ठेकेदारले भने सेनाले पैसा नै नदिएको बताउँदै आएपछि उनीहरु अलमलमा परेका थिए ।
उिक्त सैनिक मुख्यालय बनाउन ३ अर्ब ५१ करोडमा केसी कन्ट्रक्सनले जिम्मा लिएको थियो । निर्माणको जिम्मा केसीले साना ठेकेदारलाई दिएको थियो । तिनै साना ठेकेदारले मजदुर लगाएर गरेको कामको भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।
आजको नेपाल समाचापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार