बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पको सम्मानमा दिइएको भव्य रात्रीभोजमा सोनिया गान्धीलाई बेवास्ता गरिएपछि...

बुधबार, १४ फागुन २०७६, ०० : २२
बुधबार, १४ फागुन २०७६

एजेन्सी । स्वदेश प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी प्रथम महिला मेलानियाको सम्मानमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले रात्रीभोज दिएका छन् । रात्रीभोजमा राष्ट्रपति ट्रम्पकी छोरी इवाङ्का, ज्वाई जारेड कुश्नर लगायत उपस्थित रहेका थिए । रात्रीभोजमा भारतीय राष्ट्रपति र उनकी पत्नी सविता कोविन्द पनि सहभागी रहेका थिए । रात्रीभोजमा पाहुनाहरुलाई निम्बु घाँसको सुप र अलैंची ब्रोथ प्रदान गरिएको थियो । पाहुनाहरुका लागि भारतीय मसलादार खाना र मौसमी तरकारी उपलव्ध थियो । त्यस्तै मिसी रोटी, नान, तन्दुरी रोटी, मेथाी कुल्चा, पुदिना, पलक ग्रेवी, दाल रइसिन लगायत पनि खानाको मेनुमा उपलव्ध थिए ।

रात्री भोजमा को गए, को गएनन् ?
रात्रीभोजमा भारतीय राष्ट्रपति दम्पतीसहित प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति वैंकया नायडु, लोकसभा सभामुख ओम बिडला लगायत सहभागी थिए । कर्नाटकका मुख्यमन्त्री बिएस येदियुरप्पा, तेलंगनाका मुख्यमन्त्री चन्द्रशेखर राव, असमके मुख्यमन्त्री सर्बानन्द सोनोवाल, हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टर लगायत पनि रात्रीभोजमा उपस्थित रहेका थिए । पहिलोपटक दुई देशका राष्ट्रपतिबीच भएको वार्तालापको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यसअघि राष्ट्रपति ट्रम्पलाई औपचारिक रुपमा स्वागत गरिएको थियो भने भारतीय सेनाले गार्ड अफ दिएको थियो । रात्रीभोजमा काँग्रेसका नेताहरु भने उपस्थित थिएनन् । पूर्वप्रधानमन्त्री मनमोहनसिंह लगायतका प्रभावशाली नेताहरु पनि रात्रीभोजमा सहभागी भएनन् । रात्रीभोजमा काँग्रेस अध्यक्ष सोनिया गान्धीलाई आमन्त्रित नगरेकोमा काँग्रेसले असन्तुष्टि व्यक्त गरेको थियो । उनले पनि सोही आधारमा निम्ता अस्वीकार गरेकी थिइन् । अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार राती स्वदेश फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप