बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा दश वामपन्थी दल

मङ्गलबार, १३ फागुन २०७६, २३ : २२
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । दश वामपन्थी दलहरुले एमसीसी र कालापानी भूभागलाई भारतीय नक्सामा सामेल गरेको विषयलाई लिएर विरोध प्रदर्शन गर्ने भएका छन् । मंगलबार बसेको दश वामपन्थी दलहरुको संयुक्त बैठकले संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ ।

संघर्षका कार्यक्रम अन्तर्गत फागुन १५ गते अन्तरक्रिया कार्यक्रम, १६ गते दबाबमुलक कार्यक्रम र २२ गते दिउँसो १२ बजे माइतीघर मण्डलाबाट  संसद भवनसम्म विरोध जुलुस निकाल्ने निर्णय भएको दश दलद्वारा जारी संयुक्त वक्तव्यमा जनाइएको छ ।

संयुक्त बैठकमा नेकपा मसाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा राष्ट्रिय सम्मेलन आयोजक समिति, नेकपा (माओवादी केन्द्र), जन समाजावादी पार्टी, राष्ट्रिय जागरण परिषद र नेकपा संयुक्तको सहभागिगता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप