बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिमागृह र रत्नमन्दिरलाई प्रदेश मातहत ल्याउन कार्यदल

मङ्गलबार, १३ फागुन २०७६, २२ : १६
मङ्गलबार, १३ फागुन २०७६

कास्की । नेपाल ट्रष्टको स्वामित्वमा रहेको रत्नमन्दिर र हिमागृह गण्डकी प्रदेश सरकारको मातहतमा ल्याउन थप अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णयको जानकारी गराउँदै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कार्यदलमा प्रदेशका मुख्यन्यायाधिवक्ता रोजन्द्र घिमिरे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, विषय विज्ञ डा धु्रव रेग्मी, पर्यटनविद् जुद्धबहादुर गुरुङ, सदस्य सचिवमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यमप्रसाद पोखरेल रहेका छन् । 

सरकारले ऐतिहासिक महत्वका यी सम्पदाको मर्मत, सम्भार, संरक्षण तथा व्यवस्थापन गर्न माग गरेको उनले जानकारी दिए । बैठकले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको व्यावसायिक इन्क्यूभेसन सेन्टर (सिक्ने र सिकाउने) सञ्चालन कार्य विधि २०७६ स्वीकृति दिएको छ ।    

कृषि तथा पशुपक्षी क्षेत्रमा आधुनिकीकरण तथा व्यावसायिक करणका लागि युवा कृषकको ज्ञान सीप अभिवृद्धि गर्दै स्वरोजागर सिर्जना गरि प्रदेशलाई आत्मनिर्भर बनाउन कार्य विधि बैठकले पास गरेको हो । बैठकले सामाजिक विकास मन्त्रालयअन्तर्गत गण्डकी विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि सिफारीस गर्न तीन सदस्य समिति गठन गरेको छ । 

सामाजिक विकास मन्त्रीको संयोजकत्वमा गठित सो समितिमा कुलपति गणेशमान गुरुङ र शिक्षा सचिव डिल्लीराम शर्मा रहेका छन् । बैठकले गण्डकी विश्वविद्यालयका लागि ६ जना कर्मचारीको व्यवस्था गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप