शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिट खारेजपछि भरतपुरका दुई वडाध्यक्षद्वारा शपथ

सोमबार, १२ भदौ २०७४, १३ : ५३
सोमबार, १२ भदौ २०७४

चितवन  । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिएका छन् । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उनीहरुलाई शपथ गराएका हुन् । 

विजयी दुई वडाध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटौँडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि उनीहरुलाई काम गर्ने बाटो खुलेको हो । 

निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण झण्डै तीन महिना ढिला गरी अन्य पदमा विजयीले शपथ लिए पनि दुई वडाध्यक्षले शपथ लिन पाएका थिएनन् । 

यी दुवै वडामा नेकपा ९एमाले०का उम्मेदवार विजयी भए पनि झिनो मतान्तरको हारमा नेपाली काँग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो । वडा नं ४ मा हरिप्रसाद आचार्य सात मत र वडा नं ७ मा राजेन्द्रमणि काफ्ले १४ मत अन्तरले विजयी भएका थिए । 
हेटौँडा इजलासले यही भदौ ८ गते सो रिट खारेज गरेसँगै काम गर्ने बाटो खुलेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप