बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन

मङ्गलबार, १३ फागुन २०७६, २१ : ०६
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेका छन् । 

सो अवसरमा उनले केशर महलको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । 

५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मंसीरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप