एमसीसी खारेजीको माग गर्दै नेमकिपाको विरोध प्रदर्शन
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो ।
एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको उनले बताए । अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षेत्रमा युद्ध गरी हतियारको ब्यापार गर्ने रहेको उनले बताए । नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उनले बताए ।
प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, विदेशी पूँजीपति दलालहरु मुर्दावाद लगायतका नारा लगाइएका थिए । त्यसैगरी सैन्य गठबन्धन चाँहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु प्रदर्शनकारीहरुले लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल