मेरा ती सपना, यी सपना

person access_timeअसार ५, २०७४ chat_bubble_outline0

नेपालको राजनीतिकमा आफ्नो अनौठो किसिमको छाप बनाएकामाओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै चतुर राजनीतिज्ञका रुपमा चिनिन्छन् । उनले नेतृत्व गरेको माओवादी आन्दोलनको पार्टी, पहिलो पार्टी बनेर होस् अथवा तेस्रो पार्टी, उनी त्यसको प्रमुखको हैसियतमा अब सत्ताका अङ्ग जस्ता देखिन्छन् । गणतन्त्र नेपालको कार्यकारी राष्ट्रपतिको सपना देखेर संसदीय अभ्यासको प्रधानमन्त्रीमा दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई सामूहिक रुपमा निर्माण गरिएको आन्दोलनको सपना विसर्जन गर्यो भन्ने आरोप छ । के थिए त उनले आन्दोलनको सुरुवात गर्ने ३० को दशकका सपनाहरु ? र आज ती कहाँ छन् भन्ने विषयमा रातोपाटीको ‘डिस्क्लोजर’ कार्यक्रमका लागि जान्ने प्रयास गरेका छन् युग पाठकले । साथमा ओम शर्मातथा नरेश ज्ञवाली । प्रचण्डसँगको यो अन्तरर्वार्ता हामीले सम्पादनसहित प्रकाशित गरेका छौँ ।

तपाईंं ३० को दशकमा प्रचण्ड बन्न पार्टीको सदस्य भएर हिँड्दै गर्दा जुन सपना देख्नुभएको थियो, त्यो सपनालाई आज फर्केर हेर्दा कस्तो र कुन रङको देख्नु हुन्छ ?

एउटा व्यक्तिको जीवनमा यति धेरै राजनीतिक उतार–चढाव र परिवर्तनको शृङ्खला कमैलाई मात्र भोग्ने र देख्ने अवसर मिल्छ । नेपालको राजनीतिक इतिहासमा त्यो गौरव मलाई प्राप्त भयो । धेरै तीतामीठा, उतारचढाव, ठूला–ठूला परिवर्तन हुरी, बतास, आँधी जे भन्नुस् त्यो सबै व्यहोर्ने मौका मैले प्राप्त गरेँ । अहिले २०–२५ वर्षदेखि म नेपालको राजनीतिको केन्द्रीय विषयको रुपमा आफै पनि र मेरा एजेन्डाहरु भएको पनि पक्कै हो । तपार्इंले सपनाको कुरा गर्नु भयो, अब सपनालाई म त्यतिधेरै अब्स्ट्रयाक्ट रुपमा र त्यति धेरै कङ्क्रिट रुपमा पनि भन्न चाहन्न ।

किनकि मानिसको जीवनमा सबै चीज जे सोच्यो त्यही अनुसार हुन्छ र हुनैपर्छ भन्ने छैन । बाह्य परिस्थितिले धेरै हदसम्म प्रभावित गर्छ । माक्र्सले एकचोटि भन्नुभएको थियो र एङ्गेल्सले त्यसको व्याख्या पनि गर्नुभएको थियो– “मानिसका सपना, सोच र उसका विशेषता के हुन्छन् भन्ने कुरा ५० प्रतिशत अनुवांशिकी र ५० प्रतिशत वातावरणले निर्धारण गर्छ ।” ३० को दशकमा पक्कै पनि मैले एउटा कम्युनिस्ट नेपालको सपना देखेको थिएँ । जहाँ सर्वहारावर्गको नेतृत्व र अधिनाकत्वअन्तर्गत एउटा जनवादी र समाजवादी समाजको स्थापना होस् र त्यसका निम्ति अनवरत सङ्घर्ष ।

पार्टीगतरुपमा नेपाली काङ्ग्रेस र एमाले ठूला थिए, उनीहरु माथि मैले जबरजस्त मनोवैज्ञानिक दबाब बनाएँ भन्ने लाग्छ । मैले त्यति भूमिका खेलेर पनि उहाँहरु संविधान बनाई हाल्नेमा हुनुहुन्थेन । त्यसपछि मैले उहाँहरुको चरित्रगत विशेषता सत्तामा जान जे पनि गर्ने सोँचलाई पक्रने कोसिस गरेँ । त्यसकारण एमालेको अध्यक्षलाई प्रधानमन्त्रीमा किनभने मेरो हातमा थियो । मैले सहमति जनाउँदा उहाँ प्रधानमन्त्री हुने सुनिश्चित थियो । त्यसकारण उहाँलाई प्रधानमन्त्री बनाउने सुनिश्चिता गरेकै हो ।

अहिले त्यो सपना कहाँ पुग्यो त ?


त्यो सपना अब त्यही रुपमा, जसरी मैले ३० को दशकमा एउटा युवा मानसिकतासहित स्प्रिटमा दौडिन्थे त्यही स्थितिमा त्यो पूरा हुने स्थिति रहेन । यो मेरा कारणले या नेपालको आन्तरिक कारणले मात्र होइन । पूरै विश्वभरिको वर्गसङ्घर्षका कारणले पनि र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको उतारचढावका कारणले पनि त्यही रुपमा रुपमा पूरा हुने स्थिति रहेन । तर जे उद्देश्यका निम्ति सङ्घर्ष गर्ने भनेर भनेको हो । जस्तै– प्रगति, परिवर्तन, सामाजिक न्याय, समानता, स्वतन्त्रताको निम्ति मलाई के लाग्छ भने विभिन्न परिवेशमा त्यो उद्देश्य, मिसन अहिले पनि जारी छ । म त्यसैको निम्ति सङ्घर्षरत छु ।

नयाँ संविधान जहाँ तपाईंंको पार्टीको प्रशस्त नोट अफ डिसेन्ट छ, त्यहाँ तपाईंं जनयुद्धको नेतृत्व गर्दैगर्दा देखेका कति प्रतिशत सपना पूरा भए जस्तो लाग्छ ?


तपाईंले ठीकै कुरा उठाउनुभयो कि संविधान निर्माणको कुरा र त्यो पनि संविधानसभाबाट । कम्तीमा पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार वस्तु भएको संविधान निर्माण गर्ने कुरा माओवादी पार्टीका लागि र त्यसको नेताको हैसियतले मेरा लागि ‘लाइफ एन्ड डेथ’कै प्रश्न ठान्छु । यदि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेन भने माओवादी आन्दोलनको औचित्यमाथि नै प्रश्न चिन्ह लाग्ने, शान्ति प्रक्रियाको औचित्यमाथि प्रश्न चिन्ह लाग्ने र समग्र परिवर्तनको प्रक्रिया नै दुर्घटनामा जाने खतरा थियो ।


त्यसकारण म यद्यपि संविधानसभा संसदमा प्रमुख प्रतिपक्षमा थिएँ र प्रतिपक्षी दलको नेताको हिसाबले मैले संसदीय परम्पराको कुरा गर्ने हो भने, मैले विरोध मात्रै गरिराख्नु पर्दथ्यो । भूकम्प आएर क्षतविक्षत भए पनि सरकारलाई आक्रमण गरेर ढलाउन कोसिस गर्नु पर्दथ्यो । संसदीय व्यवस्था त्यही छ । अहिले हेर्नुभयो भने हामीले जति राम्रो काम गरे पनि प्रतिपक्षले विरोधै मात्र गर्ने जुन संस्कार छ, मैले त्यो संस्कार बदलेको हो । मैले प्रतिपक्षको भूमिका छोडेर सरकारलाई सहयोग गर्छु, भूकम्पमा पनि सहयोग गर्छु तर त्यसको बदलामा तपाईंले संविधान दिनुपर्छ भनेँ ।


भूकम्पपीडितलाई राहत, उद्धार र पुनःर्निर्माणको निम्ति सत्तापक्ष प्रतिपक्ष एक भएर आए भन्ने कुराले देशमा निकै सकारात्मक सन्देश गयो । त्यसले एउटा यस्तो मनोवैज्ञानिक वातावरण बन्यो कि संविधान बनाउनका लागि ठूला राजनीतिक दलहरुलाई दबाब भयो । पार्टीगतरुपमा नेपाली काङ्ग्रेस र एमाले ठूला थिए, उनीहरु माथि मैले जबरजस्त मनोवैज्ञानिक दबाब बनाएँ भन्ने लाग्छ । मैले त्यति भूमिका खेलेर पनि उहाँहरु संविधान बनाई हाल्नेमा हुनुहुन्थेन । त्यसपछि मैले उहाँहरुको चरित्रगत विशेषता सत्तामा जान जे पनि गर्ने सोँचलाई पक्रने कोसिस गरेँ ।


त्यसकारण एमालेको अध्यक्षलाई प्रधानमन्त्रीमा किनभने मेरो हातमा थियो । मैले सहमति जनाउँदा उहाँ प्रधानमन्त्री हुने सुनिश्चित थियो । त्यसकारण उहाँलाई प्रधानमन्त्री बनाउने सुनिश्चिता गरेकै हो । नत्र सङ्घीयता पनि सुन्न नचाहने समानुपातिक, समावेशी पनि सुन्न नचाहने एमालेका केपीजी संविधान बनाउन तयार हुने स्थिति देखेको थिइनँ मैले । अनि प्रधानमन्त्री छोड्नुपर्ने स्थितिमा हुनुभएको सुशिलजी, जो अहिले दिवङ्गत हुनुभयो उहाँलाई राष्ट्रपति अफर गरेँ । त्यसपछि उहाँ दुवै जना सन्तुष्ट हुनुभयो र सङ्घीय लोकतान्त्रीक गणतन्त्रको संविधान बन्यो ।

तपाईंले भन्नुभएको यो कुरा ट्याक्टिकल कुरा हुन गयो, सपना चाहिँ कति पूरा भयो त ?


संविधान निर्माण प्रक्रियामा मैले आफ्नो ठाउँबाट सक्रिय पहल लिएको कारणले सम्भव भयो । रह्यो सपना कति पूरा भयो भन्ने कुरा पक्कै पनि तपाईंले अघि प्रसङ् उठाउनु भयो । हाम्रो धेरै नोटअफ डिफेन्स छन् । हामी आफै बहुमतमा र गणितीय रुपले निर्णायक ठाउँमा भएको भए हामी योभन्दा भिन्न ठाउँमा लान्थ्यौँ । हामी नेपाललाई १० प्रदेशमा लान्थ्यौँ । हामी प्रदेशको नामाकरण गरेर जान्थ्यौँ । जातिय पहिचान र वर्गीय हकहितका कुरा अझ बढी राख्थ्यौँ । जुन कुरा नोट अफ डिफेन्समा राखेकै छौँ । तर, त्यो तत्काल पूरा हुने सम्भावना थिएन । त्यसकारण हामीले सम्झौता गर्नै पर्ने थियो ।


सम्झौताको बटमलाई के हुनसक्थ्यो भन्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक, समावेशी मान्यतासहित सामाजिक न्यायका मौलिक अधिकारका विषय हुन सक्थे । जुन यो संविधानमा प्रशस्त छन् भन्ने हाम्रो दाबी छ । यसर्थ मलाई केमा गर्व छ भने यो संविधानमा जनयुद्धका हजारौँ सहिदहरुको आंशिक भए पनि बलिदानको औचित्य पुष्टि भएको छ । उनीहरुको बलिदानले गर्दा यो चीज प्राप्त भयो भन्नका लागि आधार बन्यो । यति नै थियो भन्ने मेरो भनाइ त होइन तर, गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, समानुपातिक, समावेशी, धर्मनिरपेक्षताको निम्ति पनि त्यो लडाइँ थियो । यसलाई कसैले पनि नकार्न सक्दैन ।

एउटा समृद्ध समाज बनाउने त्यो सपनातिर तपाईं आफैले नेतृत्व गरेर बनाउनु भएको संविधानले देशलाई अगाडि लैजाला त ?


मलाई लाग्छ, यसले पकडेको दिशाचाहिँ त्यही नै छ । किनभने संविधानको प्रस्तावनामा नै समाजवादतिरउन्मुख समाज भनेर परिकल्पना गरिएको छ । र संविधानले उत्पीडित वर्ग, जाति, लिङ्गलाई समाजिक न्यायअन्तर्गत समावेशी समानुपातिक प्रतिनिधित्वको धरै प्रगतिशील अवधारणा अघि सारेको छ । जसले विस्तारै महिलाहरुलाई तल चालिस प्रतिशतभन्दा बढी र माथि ३३ प्रतिशतभन्दा बढीको प्रतिनित्व गर्ने भनेको छ । दलित, मुस्लिमहरुको निम्ति या त्यो सबै समुदायको निम्ति यसले पकडेको बाटोचाहिँ समाजवादतर्फ जाने बाटो नै हो । आर्थिक रुपले पनि यसले विस्तारै मिश्रित अर्थतन्त्र हुँदै समाजवादको आधार तयार पार्ने परिकल्पना प्रष्टरुपमा गरिएको छ ।


मैल ०४८ सालमा अथवा माओवादी जनयुद्धको पहल गर्दैगर्दाको पूरै सपना त होइन तर, त्यो दिशामा यसले बाटो देखाकै छ । त्यस अर्थ म खुसी छु । अर्को एउटा कुरा के जोड्न चाहन्छु भने संविधान त बन्यो तर, संविधान बन्नु नै सबै होइन भन्ने कुरा मलाई निकै चिन्ता थियो । यो संविधान कार्यान्वयन हुन्छ कि हुँदैन । किनभने संविधान बनाउन रोक्ने शिक्ति, प्रवृत्ति, तत्व संविधान बनिसकेपछि त्यसको कार्यान्वयन रोक्नेमा जान्छ । मेरो लागि र परिवर्तनकारी शक्तिका लागि चुनौती थियो ।


त्यो कार्यान्वयन हुने बेला त्यसले सिर्जना गरेका कतिपय संरचनाहरु छन्, ती संरचना त्यही रुपमा हुन्छ कि हुँदैन भन्ने कुरा पनि थियो । तर म आफै प्रधानमन्त्री बन्ने अवसर पनि जुट्यो र मलाई नै स्थानीय तहको संरचना बनाउने र त्यसको नेतृत्व गर्ने अवसर प्राप्त भयो । मैले त्यसमा कठोर अडान लिएर सबै ठूला पार्टीलाई त्यसको निम्ति सहमत गराएँ । निर्वाचनको प्रक्रिया पनि मैले नै सुरु गरेपछि मलाई के लागेको छ भने गणतन्त्र या सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको जनताको निम्ति राम्रो कुरा हो भन्ने कुराको व्यावहारिक अभिव्यक्ति स्थानीय तहको निर्वाचन र त्यहाँ दिइएको अधिकार मार्फत अभिव्यक्त भएको छ ।

एक चरण तपाईंको नेतृत्वमा नै निर्वाचन सम्पन्न भयो, अर्को चरणको निर्वाचनमा समस्यादेखिइरहेको छ । अर्को चरणको निर्वाचनमा देखिएको समस्या संविधान बन्दादेखिकै समस्या हो ? यो समाधान गरेर संविधान कार्यान्वयन गर्ने काम कत्तिको सहज देख्नु हुन्छ ?

मैले अहिले के अनुभव गर्छु भने नेपाल साँच्चै यस्तो ऐतिहासिक अवसरको बीचमा छ, चीन र भारतको बीचमा हुनुको नाताले हामीले त्रिदेशीय साझेदारी आर्थिक साझेदारीको रणनीतिमा विस्तारै अगाडि बढाएका छौँ । मलाई लाग्छ, केही समयभित्रै यो कुरा भारत र चीनका लागि आवश्यक भएर आउँछ ।


अब कसैले रोकेर रोकिने छैन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन व्यापक जनसहभागितासहित सफलतापूर्वक सम्पन्न भैसकेको छ । अब अर्को चरण सबै तयारी भैसकेपछि निर्वाचनको प्रक्रिया रोकिने अथाव डिस्टर्भ हुने मैले केही देख्दिनँ । यद्यपि मधेस केन्द्रित दलहरु र त्यसैको एकताबाट बनेको राजपाले हाम्रा केही पनि माग पूरा भएनन् भनेर भनेको छ । उहाँहरुसँग अहिले पनि कुराकानी भैरहेको छ । उहाँहरुसँग समझदारी बनाउने कोशिस पनि छ । तर, १४ गते चुनाव हुन्छ । र चुनावको प्रक्रिया केही कारणले मान्नुस, अदालतको कारणले या राजपासँग हुने सहमति सम्झौताको कारणले केही ठाउँमा चुनाव अलिक पछि गरौँ भन्ने हुन सक्छ तर १४ गते चुनाव हुन्छ ।

यो चुनाव सम्पन्न भयो र अगाडि जाने परिस्थिति भयो भने बीपी कोइरालाले भनेको सपना यो देशमा सबैको बस्ने घर होस्, एउटा दुने गाई होस्, एक हल गोरु होस्, तपाईंले त्यसमा कम्प्युटर थप्छु भन्नु भएको थियो । त्यो सपना यो संविधान कार्यान्वयनको दिशामा अगाडि बढे पूरा हुने देख्नु हुन्छ ?


म पूरा हुने देख्छु । म हरेक दृष्टिकोणले अब एउटा दुनो गाई, एउटा घर र एक हल गोरु भन्ने जमानाभन्दा अगाडि ‘मेकानाइजेसन अफ फार्मिङ’ तिर जानुपर्छ भन्ने ठान्छु । हामी कृषिमा यान्त्रिकीकरण उत्पादनमा विविधिकरणतिरै जानुपर्छ । मैले पहिले भनेको कुरा अब सम्भव छ । कम्प्युटर युगतिर हामी गइ नै सक्यौँ । प्रत्येक घरमा हामीले त्यो सुविधा बनाउन सम्भव छ । र अहिले त्यो करिब–करिब विश्वभरि स्थापित भइ पनि सकेको छ ।


मैले अहिले के अनुभव गर्छु भने नेपाल साँच्चै यस्तो ऐतिहासिक अवसरको बीचमा छ, चीन र भारतको बीचमा हुनुको नाताले हामीले त्रिदेशीय साझेदारी आर्थिक साझेदारीको रणनीतिमा विस्तारै अगाडि बढाएका छौँ । मलाई लाग्छ, केही समयभित्रै यो कुरा भारत र चीनका लागि आवश्यक भएर आउँछ । झन् अहिले सार्क राष्ट्रमा कनेक्टिभिटी बढाउनेतिर चीनको ओबीओआर मार्फत ल्याउन थालेको छ । हामीले कनेक्टिभिटी बढाउने भारत, चाइनाको प्रयासलाई समर्थन गरेका छौँ । दुवैको विश्वास जित्ने आधार बनेको छ । त्यसले नेपाल चीन र भारतको भन्दा तीव्र गतिमा धेरै ठूलो आर्थिक समृद्धितिर जाने सम्भावना छ ।


यहाँ रोजगारीको सृष्टि गर्ने सम्भावना छ, यहाँ टुरिजमको सम्भावना छ, जसले झण्डै मिराकलका रुपमा यहाँ विकास सम्भव छ । त्यो पनि तपाईं हामीले देख्ने गरी आशा छ । मैले के सपना देख्न थालेको छु भने म बाँच्दा बाँच्दै नेपाल अर्के ठाउँमा पुगेको देख्न सकिँदो रहेछ । गएको १० महिनामा मैले जे अनुभूत गरेँ थोरै मात्र मिहिनेत गर्दा र वातावरण मिलाउँदा चीजहरुले गति लिन सक्दो रहेछ । १० महिनामा यति हुन्छ भने १० वर्षमा त हामीले धेरै गर्न सकिन्छ । १० वर्ष म आफै पनि सक्रिय जीवनमा हुन्छु होला ।

हाम्रो अर्थ राजनीतिको यथार्थ के छ भने, विदेशी शक्ति राष्ट्रहरुको एजेन्सीदेखि, वल्र्ड बैङ्क, आईएमएफ जस्ता ठूला संस्थाको प्रत्यक्ष भूमिका रहने गरेको छ । त्यसैगरी भारत र चीनको पनि आफ्नो खालको आर्थिक स्वार्थ छँदैछ । तपाईंले भनेको जस्तो कनेक्टिभिटी भयो तर हाम्रो आफ्नै पहलकदमी भएन भने चीन र भारतबाट काठमाडौँसम्म रेल आउने तर त्यो रेल कुद्दा हामी बीचको ट्रान्जिट प्वाइन्ट मात्र हुने सम्भावना पनि हुन्छ । त्यसमा हाम्रो आफ्नै पहल कदमी चाहिँ के हुन्छ ?


हामीसँग भएको पोटेन्सिएल जे छ आन्तरिक रुपमा इतिहास र प्रकृतिले दिएको सबैभन्दा राम्रो कुराको सदुपयोग नै आत्मनिर्भर अर्थतन्त्रको आधार हो, नेपालको पानी । किनभने अबको युग पानीको युग भनिँदै छ । अब लडाइँ नै भयो भने पनि पानीले गर्दा हुन्छ भन्ने भनाइ छ । त्यसकारण हामीसँग पानी छ । हामीसँग प्रकृतिले दिएको बरदान टुरिजम छ । विनाकुनै अवरोध अनन्तसम्म विकास हुने क्षेत्र टुरिजम हो । त्यसका निम्ति हामीसँग प्रयाप्त आधार छन् । हामीसँग इतिहासका थुप्रै त्यस्ता विरासतहरु छन्, जसले विश्वलाई यहाँ केन्द्रित गर्न सक्छ ।

अहिले फेरि माओवादी पार्टी रिभाइब हुने प्रक्रिया र फेरि नयाँ शिराबाट प्रचण्डको लिडरसिप राष्ट्रका निम्ति आवश्यक छ भनेर पुष्टि गर्ने अवसर पनि मलाई अनुभूत भयो । यो परिघटना हेर्नुभयो भने यो अनुभूति प्रचण्डको व्यक्तिगत परिघटना होइन । यो नेपाली समाजको परिवर्तनको रुपन्तरणको नेपाली समाजको विशेषताको अभिव्यक्ति हो भन्ने लाग्छ । यसलाई मैले युद्ध र शान्तिको अनुभूति भनेको छु ।


चाहे त्यो बुद्ध भन्नुस्, चाहे जानकी या पशुपतिनाथ मन्दिर भन्नुस् । देशैभरि धार्मिक पर्यटनको विकासका निम्ति, हेल्थ टुरिजमको निम्ति हरेक दृष्टिकोणले यहाँ उपयोग गर्न सकिन्छ । त्यसको साथसाथै म के भन्न चाहन्छु भने, हामीले ‘अग्र्यानिक एग्रिकल्चर’ मार्फत ठूलो क्रान्ति गर्न सक्ने सम्भावना नेपालमा छ । म असाध्यै महत्वपूर्ण कुरा के भन्न चाहन्छु भने, नेपालमा बहुमूल्य खनिजको भण्डार छ भन्ने प्रमाणीत भइसकेको छ । हामीले त्यसलाई खोजी गर्नु छ ।


अत्यन्त बहुमूल्य खनिज भण्डार हिमालको काखमा छ र पेट्रोलियम पनि छ भन्ने पुष्टि भइसकेको छ । त्यसलाई हामीले निकाल्नु सक्नुपर्छ । त्यसो भयो भने एउटा क्रान्तिकारी ढङ्गले नेपाली समाजलाई आर्थिक समृद्धि दिन सकिन्छ र नेपालमार्फत विश्वलाई एउटा मोडेल दिन सकिन्छ । हामीले आफ्नै साधान स्रोतलाई अधिकतम सदुपयोग गरेर आफ्नै खुट्टामा टेक्ने बाटो पक्रनुपर्ने हुन्छ । नेपलाको भूराजनीतिक अवस्थिति र एसियाका विशाल देशहरु भारत र चीन वैश्विक रुपमा अगाडि आइसकेका छन् । उनीहरुको बीचमा हुनुको फाइदा लिन हामीले जान्नुपर्यो । नेपालको राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएर उनीहरुको बीचमा हुनुको फाइदा हामीले लिन सक्नुपर्दछ ।


मैले आँखीझ्यालबाट के देखेको छु भनेँ मेरो दोस्रो कार्यकालमा मैले चीनसँग पनि भारतसँग जस्तो कूटनीतिक वातावरण बनाउने प्रयास गरेँ । मलाई के विश्वास छ भने दुवैलाई जोड्ने कडी नेपालसँग छ । नेपालको राजनीतिक नेतृत्वले, बौद्धिक वर्गले नेपाली समाजले यो पक्षलाई गहिरो गरी विचार गरेन । यहाँको पुनर्जागरणकालदेखि आधुनिक कालसम्म हेर्यो भने दुवै ठूला देशहरुसँग यस्तो सम्बन्ध बनाएर ल्याएको देखियो कि यो दुइटै जोइन्ट मुलुकहरुबाट अधिकतम फाइदा उठाउने सम्भावना भएको मुलुक नेपाल मात्र हो । यस्तो अवस्थामा अरु कोही पनि छैन ।

अवतार सिंह ‘पास’को एउटा कविता छ– बिहानै उठ्ने, घरको काम गर्ने अनि कार्यालय जाने फर्किने अनि घरको काम गर्ने र चुप लागेर सुत्ने कुनै सपना नदेख्नु भनेको सबैभन्दा खतरनाक हो । त्यो सपना देख्ने कुरा र तपाईंको दुइटा अवतार जस्तो, एउटा प्रचण्ड र अर्को पुष्पकमल दाहाल यो दुईटा अवतारले देख्ने सपनाबीचको भिन्नताले तपाईंलाई धेरै अघि देख्नु भएको सपनाको बीचमा अवरोध ल्याइरहेको जस्तो लाग्दैन ?


यो एउटा अन्तरविरोध जस्तो पनि देखिने र दुइटाका बीचमा तालमेल जस्तो पनि देखिने । मानिसहरुले एकातर्फबाट कमरेड प्रचण्ड देख्ने अर्को तर्फबाट पुष्पकमल दाहाल जस्तो देख्ने । यो मेरो कारणले भन्दा पनि नेपाली समाजको विकासक्रमसँग यसको साइनो छ । म यस्तो किन भएँ ? यस्तो किन हुन पर्यो ? मैले युद्धको नेतृत्व सुप्रिम कमान्डरका रुपमा गरेँ र युद्धलाई एउटा उचाइसम्म सफलतापूर्वक पुर्याउने काम भयो । युद्धमा सुप्रिम कमान्डरका रुपमा अथवा पार्टीको अध्यक्षका रुपमा सम्पूर्ण कार्यकर्ताको हृदयमा यसरी बसेको मैले फिल गरेर आएको छु कि जुन आम जनतामा पनि छ ।


म जब शान्ति प्रक्रियामा प्रवेश गरेँ, युद्धलाई कम्प्रमाइजमा ल्याएर प्रतिस्पर्धात्मक निर्वाचनमार्फत सबभन्दा ठूलो पार्टी भएर पहिलो प्रधानमन्त्रीका रुपमा पनि आएँ । त्यसपछि पार्टी विभाजन भयो र माओवादी आन्दोलन कमजोर भएर छतविक्षत हुने अनुभूति पनि मसँग छ । र अहिले फेरि माओवादी पार्टी रिभाइब हुने प्रक्रिया र फेरि नयाँ शिराबाट प्रचण्डको लिडरसिप राष्ट्रका निम्ति आवश्यक छ भनेर पुष्टि गर्ने अवसर पनि मलाई अनुभूत भयो । यो परिघटना हेर्नुभयो भने यो अनुभूति प्रचण्डको व्यक्तिगत परिघटना होइन । यो नेपाली समाजको परिवर्तनको रुपन्तरणको नेपाली समाजको विशेषताको अभिव्यक्ति हो भन्ने लाग्छ । यसलाई मैले युद्ध र शान्तिको अनुभूति भनेको छु ।

यहाँको मेन स्ट्रिम मिडियाले प्रचण्ड भन्ने लेख्न र सुन्न पनि चाहँदैन् । अर्कोले पुष्पकमल दाहाल भन्न नपरे हुन्थ्यो प्रचण्ड मात्र भैदिए हुन्थ्यो भन्ने पनि चाहन्छन् । म आफै चाहिँ युद्ध र शान्तिको नाता जोडिएको हुनाले मलाई प्रचण्ड नै प्यारो लाग्छ । म दुईचोटि प्रधानमन्त्री भएँ, मैले हस्ताक्षर प्रचण्डको नाममा मात्रै गरेको छु ।


जस्तै; मैले पोहोर साल लुम्बिनीमा अशोक स्तम्भ अगाडि भनेँ त्यति बेला पनि ठूलै युद्धको नेतृत्व गर्ने र शान्तिको खोजीमा बुद्धसँग जाने अशोका एउटा प्रतीकात्मक पात्रका रुपमा इतिहासमा छन् । मलाई गर्व छ, एक्काइशौँ शताब्दीमा युद्ध र शान्ति दुवैको नेतृत्व गर्ने मलाई त्यो अवसर प्राप्त भयो । यो अवसर सीतिमिति सबैलाई प्राप्त हुने असवर होइन । मैले एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा भनेँ, जुन सबैले स्वीकार पनि गरे, यस्तै युद्ध र शान्तिको अनुभव ल्याटिन अमेरिका, युरोप अथवा अमेरिकामा भएको भए बडो मुक्त कण्ठले नोबेल शान्ति पुरस्कारका कुरा हुन्थे होला, तर नेपालमा भएको हुनाले पश्चिमा समाजले त्यति महत्व दिएको छैन ।

तपाईंले पटक–पटक तीन शब्दलाई दोहर्याएको मैले ख्याल गरेको छु, म, मेरो र मैले । तपाईंको समाजवादको सपना र तपाईंले प्रयोग गर्ने गरेको शब्दको तालमेल मिल्दैन नि ?


मैले भने नि यो मेरो व्यक्तिगत केही होइन । म मात्रै भन्ने भएको भए म मेरै कारणले भएको हो भन्ने थिएँ । मैले त्यसो भनिनँ । मैले यो प्रचण्डको व्यक्तिगत कुरा होइन भनेँ, यो नेपाली समाजले बनाएको कुरा हो । त्यसकारण त्यसमा म भनेर व्यक्तिगत आत्मगततुष्टि छैन भन्ने मेरो दाबी छ । मैले म भन्दाखेरी बुर्जुवा समाजमा मभित्र अन्तरनिहित आत्मकेन्द्रित व्यक्तिवादको गन्ध ममा छैन ।


मभन्दा मैले कसरी पनि हेर्छु भनेँ, म एउटा गरिब किसानको छोरा हुँ । मुस्किलले पेट पाल्न गारो परेको हुनाले पाहाडबाट तराईमा बसाई सरेको र तराईमा पनि धेरै दुःख जेलो गरेर गुजारा गर्ने गरेको परिवारमा जन्मेको मान्छे हुँ । मैले बडो दुःखले पढाइ पढ्दै एसएलसी पास गरेर आईएससी पढ्न काठमाडौँ आउँदै गर्दा मैले देख्ने सपना इन्जिनियर अथवा पाइलट बन्ने भन्ने थियो । पाइलट बनेर मैले केही न केही गर्नुपर्छ भन्ने थियो । तर मैले सोचे जस्तो भएन । मलाई समाजको आवश्यकताले अन्तै डोर्याएको थियो ।


अनि पछि मेरो पाइलटको सपना हट्यो, सेकेन्ड लेफ्टिनेन्ट हुने र आर्मीमा कमान्डर हुने देखेर मैले एनसीसीको तालिम लिन गएँ । एक वर्ष तालिम लिएँ । त्यसबेला आर्मीमा जाने रहर थियो । हुँदाहुँदै यस्तो प्रसङ्ग आयो कि त्यो आर्मीमा भर्ती हुन जानेभन्दा राजनीतितर्फ जानुपर्छ भन्ने वातावरण बनेर मैले सेकेन्ड लेफ्टिनेन्टमा जाने सपना छोडिदिएँ । त्यसपछि राजनीतिमा लागेँ । भन्नुको अर्थ मलाई समाजले नै बनाएको हो । मैले म भन्दा के देख्छु भनेँ, नेपाली समाजको केन्द्रीकृत अभिव्यक्ति हो । त्यसकारण मभित्र मेरो व्यक्तिगत कुरा छैन भन्ने मेरो दाबी हो । पाठकजी म तपाईं मार्फत आम पाठकहरुलाई बताउन चाहन्छु, मैले मभन्दा व्यक्तिगत आत्मतुष्टिका लागि भनेको छैन ।

मेरो विचारमा यही नै नयाँ कुरा हा किनभने शेरबहादुर देउवा, जो माओवादी अन्दोलनलाई दबाएर कुनै पनि समयमा सक्ने भन्ने लाइनमा हुनुहुन्थ्यो । उहाँ सङ्कटकालवाला लाइन हो । हामी विद्रोहवाला लाइन हो । उहाँ राजाको लाइनवाला हो, हाम्रो नेपालमा राजा नै सम्भव छैन भन्नेवाला लाइन हो । हामी गणतन्त्रको लाइनवाला हो अझ, जनवादी गणतन्त्रको सपना देखेको हो तर अहिले सङ्घीय लोकतान्त्रीक गणतन्त्रको चौतारीमा आई पुगियो । र शेरबहादुर देउवा पनि त्यहाँ आई पुग्नु भयो । अब विद्रोहले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जन्मायो शेरबहादुर देउवाजीको लाइनले जन्माएको त होइन ।


किनभने म शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्ड र पुष्पकमल दाहाल बीचको बहस चलेको चल्यै छ । कोही प्रचण्ड लेख्नै चाहँदैनन् । यहाँको मेन स्ट्रिम मिडियाले प्रचण्ड भन्ने लेख्न र सुन्न पनि चाहँदैन् । अर्कोले पुष्पकमल दाहाल भन्न नपरे हुन्थ्यो प्रचण्ड मात्र भैदिए हुन्थ्यो भन्ने पनि चाहन्छन् । म आफै चाहिँ युद्ध र शान्तिको नाता जोडिएको हुनाले मलाई प्रचण्ड नै प्यारो लाग्छ । म दुईचोटि प्रधानमन्त्री भएँ, मैले हस्ताक्षर प्रचण्डको नाममा मात्रै गरेको छु । कहीँ पनि पुष्पकमल दाहाल भन्ने नाममा गरेको छैन । किनभने यसमा नेपालका सबै शोषित पीडित जनताको पहिचान र अधिकार प्रचण्डसँग जोडिएको छ । पुष्पकमल दाहालसँग कहीँ न कहीँ परम्परागत एउटा विकासको रुढीवादी ढर्रा जोडिएको छ । त्यसकारण यो विषय आफैमा मेरो कुरा होइन । मेरो व्यक्तिगत कुरै होइन ।

तपाईंकै पार्टीबाट अलग्निु भएका बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ले तपाईंले क्रान्ति छोडेर मेनस्ट्रिम भैसक्नु भयो भन्ने भनाइ छ । तपाईंको पनि पछिल्लो समयको टे«न्ड हेर्दा चाणक्य र म्याकियाभेलीको कूटनीतिक र राजनीतिक एक्सनमा जाने नेताको रुपमा देखिनुभएको छ । यस्ता मुभहरुले तपाईंका यी सपना अगाडि बढी रहेका छन् कि विप्लवले भनेको जस्तो रोकिरहेको छ ?


मलाई यो प्रक्रियाले अगाडि बढाइरहेको विश्वासका साथै म यहाँ छु । होइन भने मेरो आत्मविश्वास हुन सक्दैन्थ्यो र मैले केही गर्न सक्ने थिइनँ । मेरो एउटा के कुरा छ भने मैले नेपालमा नयाँ ‘मेनस्ट्रिमिङ’ गराएँ । म पुरानो ‘मेनस्ट्रिम’मा गएको होइन । नेपाली काङ्ग्रेस र नेकपा एमाले जस्ता पार्टीहरुले जसलाई मेनस्ट्रिम भन्छन् त्यो भनेको संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था अन्तर्गतको सिस्टम हो । त्यसलाई उहाँहरुले ‘मेनस्ट्रिम’ भन्ने गरेको हो । अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेनस्ट्रिमिङ भयो । अहिले सामाजिक न्याय, समावेशी समानुपातिकता सहितको राजनीतिक मूलधार बन्यो ।


यहाँ माओवादीबिनाको मेनस्ट्रिमिङको कल्पना गर्न सकिन्दैन भन्ने मेरो दाबी छ । बाबुराम र विप्लव जस्ता साथीहरुलाई मेरो भनाइ के छ भने यो हामीले गरेको सङ्घर्ष, त्याग, तपस्या, बलिदान र नेपाली जनताले गरेको बलिदानको परिणाम हो । यो नयाँ मेनस्ट्रिमिङ हो भनेर बुझ्न पर्यो । यहाँ टेकेर हामीले हिजो देखेका सपनातिर जाने व्यावहारिक मार्ग यहाँ छ । पुरानो ढङ्गले जाने बाबुरामको तरिका कम्पिल्टली बुर्जुवा तरिका हो । उहाँहरुले नयाँ नाम राखेको मात्र हो । तपाईंले बोतल खोलेर हेर्नु भयो भने धरै पुरानो कुरा छ त्यहाँ । विप्लवले भनेको पनि नयाँ होइन । त्यो हामीले एउटा चरण पार गरेर हाम्रै कर्मले तयार पारेको धरातलमा टेकेर अगाडि बढ्दैछौँ ।


त्यसकारण विप्लवलाई पनि बाबुरामलाई पनि मरो भनाइ के हुन्छ भने डेभिएसन तपाईंहरुमा आएको हो ममा होइन । मैले त सहज ढङ्गले आफ्नो कर्मद्वारा नेपाली जनताको कर्मद्वारा प्राप्त भएको फललाई बचाएर त्यसमा टेकेर अगाडि जाने कोसिस गरिरहको छु । तपाईंहरु हिँडेर कमजोर गर्नुभयो । यो उपलब्धिलाई झनै उपलब्धिपूर्ण बनाउन सकिन्थ्यो । त्यसकारण तपाईंहरु फर्किनै पर्छ । ढिलोछिटो तपाईंं हामी एक ठाउँ हुनैपर्छ भन्ने मेरो भनाइ छ ।

पछिल्लो समय तपाईंंको र शेरबहादुर देउवाको ‘केमेस्ट्री’ मिले जस्तो देखिन्छ, यो केमेट्री र नयाँ मेनस्ट्रिमिङ बनाएँ भन्ने कुरा मिल्छ त ?


मेरो विचारमा यही नै नयाँ कुरा हा किनभने शेरबहादुर देउवा, जो माओवादी अन्दोलनलाई दबाएर कुनै पनि समयमा सक्ने भन्ने लाइनमा हुनुहुन्थ्यो । उहाँ सङ्कटकालवाला लाइन हो । हामी विद्रोहवाला लाइन हो । उहाँ राजाको लाइनवाला हो, हाम्रो नेपालमा राजा नै सम्भव छैन भन्नेवाला लाइन हो । हामी गणतन्त्रको लाइनवाला हो अझ, जनवादी गणतन्त्रको सपना देखेको हो तर अहिले सङ्घीय लोकतान्त्रीक गणतन्त्रको चौतारीमा आई पुगियो । र शेरबहादुर देउवा पनि त्यहाँ आई पुग्नु भयो । अब विद्रोहले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जन्मायो शेरबहादुर देउवाजीको लाइनले जन्माएको त होइन ।


हामीले विद्रोहबाट जन्माउन खोजेको त जनवादी गणतन्त्र हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि होइन । तर यो एउटा यस्तो साझा चौतारी बन्यो । लड्दै जाँदा एउटा विन्दुमा शेरबहादुरजीले शान्ति प्रक्रियाको पहल आफ्नै पालामा गर्नु भयो । पहिलो पहिलो पटक शान्तिको निम्ति वार्ताको अपिल गर्दै चिठी लेख्ने उहाँनै हो । सङ्कटकाल लगाउने पनि उहाँ नै हो । एउटा अर्को कुरा म युद्धमै थिएँ उहाँ सत्तामै हुनुहुन्थ्यो नेपालमा एउटा साहसिक लिडर प्रचण्ड नै हो भनेर उहाँले बोलिदिनुभयो ।

मैले मधेस पाहाड हिमाललाई जुटाएर राख्ने र राष्ट्रिय एकतालाई बलियो पार्ने तथा संविधानको स्विकार्यतालाई बढाउँदै देशलाई चुनावतर्फ लैजाने यी जुन काम गरेँ यसले पक्कै बिदा हुँदैगर्दा मलाई सन्तुष्टि नै भइरह्यो । दोस्रो कुरा मैले राजनीतिक संस्कार पनि निर्माण गरेँ । जे समझदारी नेपाली काँग्रेससँग भएर म प्रधानमन्त्री भएको थिएँ । मैले अक्षरस र पुरै इमानका साथ पालन गरेँ । जुन नेपालमा खडेरी नै परेको थियो ।


अब त्यहीँबाट जोडिन सुरु भयो । शान्तिको निम्ति उहाँले गरेका पहल र लिडरसिपका रुपमा प्रचण्डलाई उहाँले रिकग्नाइज गर्ने हिजोकै प्रधानमन्त्रीको रुपमा । यो सबै हुनाले अहिले सङ्घीय लोकतान्त्रीक गणतन्त्रको चौतारीमा हामी छौँ । यसलाई बचाएर लानुपर्छ भन्नेमा उहाँ हुनुहुन्छ । संविधान बचाएर लानुपर्छ कार्यान्वयन गर्नु पर्छ भन्ने भएको हुनाले हाम्रो मिलन चाहिँ ऐतिहासिक नै हो भन्ने छ ।


उहाँसँग मात्र होइन, माधव नेपाल र केपी ओलीसँग पनि हो फेरी । अहिले त सरकारमा नभएको मात्र हो । तर, हामीले नै समर्थन गरेर केपीजी पनि प्रधानमन्त्री त हुनु भयो । भोली पनि बन्न सक्नु हुन्छ । त्यति हो कि सधैँ सबै चीज सम्भव छैन । मने राजनीति सम्भावनाको खेल भन्ने त छँदैछ । त्यसकारण यो चाहिँ ऐतिहासिक परिवर्तनलाई आत्मसातीकरण उहाँहरु एक खुड्किलो अगाडि बढेर या हामी एक खुड्किलो पछाडि सेरर एउटा विन्दुमा सम्झौता त भएको छ । त्यसकारण शेरबहादुर देउवा र प्रचण्ड यो चाहिँ ऐतिहासिक आवश्यकताद्वारा निर्देशित छ । उहाँ पुरानो शेरबहादुर देउवा होइन, म जनवादी गणतन्त्र कायम नगरेसम्म हतियार नबिसाउने प्रचण्ड पनि होइन ।

सरकारको नेतृत्व गरेर बाहिरिने बेलामा तपाईंले– म फेरि आउँछु, स्वागत गर्न तयार रहनु होला भन्नुभएको थियो । समाजवादमा जाने सपना र अहिलेको यो सबै गतिविधि हेर्दा तपाईंका वर्तमान सपनाहरुले बालुवाटार तर्फ लगि रहेका छन् कि बीपीको सपनामा कम्प्युटर थप्नेतर्फ ?


मलाई कम्प्युटर युगतर्फ नै लगि रहेको लागेको छ । सरकारको नेतृत्व गर्ने बेला मैले केही सकारात्मक सूचकहरु दिने सचेत प्रयास गरेँ र त्यसका सीमाभित्र जति हुन सक्थ्यो गरेँ भन्ने मलाई सन्तुष्टि छ । आर्थिक वृद्धिदर, लोडसेडिङ, रोकिएको हुलाकी राजमार्ग निर्माण सीधासीधा भारतका प्रधानमन्त्री मोदीजीसँग कुरा गरेर सुरु गराइयो, महाकालीमा पुल बन्ने, चाइनासँग ओबीओआर सम्झौता निकै रणनीतिक प्रकृतिको सम्झौता भए । फास्ट ट्र्याक निकै विवादास्पद भरहेको थियो अब टुङ्गियो । मैलेनै सिलान्यास गर्ने अवसर पाएँ ।


मैले मधेस पाहाड हिमाललाई जुटाएर राख्ने र राष्ट्रिय एकतालाई बलियो पार्ने तथा संविधानको स्विकार्यतालाई बढाउँदै देशलाई चुनावतर्फ लैजाने यी जुन काम गरेँ यसले पक्कै बिदा हुँदैगर्दा मलाई सन्तुष्टि नै भइरह्यो । दोस्रो कुरा मैले राजनीतिक संस्कार पनि निर्माण गरेँ । जे समझदारी नेपाली काँग्रेससँग भएर म प्रधानमन्त्री भएको थिएँ । मैले अक्षरस र पुरै इमानका साथ पालन गरेँ । जुन नेपालमा खडेरी नै परेको थियो । पटक–पटक धोका, षडयन्त्र, बेइमानी, एकले अर्कालाई गालिगलौज हुने गरेको थियो । भद्र सहमति भन्ने हाँसोको विषय बनेको थियो । त्यसलाई मैले नेपालमा नीतिकताको पूरै खडेरी परेको छैन भन्ने सन्देश दिन चाहेँ ।
त्यो राजनीतिक संस्कार स्थापित भएको छ । जसमा मलाई अझ बढी खुसी र गौरवको अनुभूति भएको छ । अझ त्यो रिकर्ड नै कसरी बन्न गयो भने आउट गोइङ प्रधानमन्त्रीले इन्कमिङ प्रधानमन्त्रीलाई प्रस्ताव गरेको यो नेपालको इतिहासमा अहिलेसम्म भएको छैन । यो पहिलो रिकर्ड बन्यो । यसमा शेरबहादुरजी आउँदै गर्दा मेरो बारेमा संसदमा जे टिप्पणी गर्नुभयो त्यो आफैमा पनि रिकर्ड बन्यो । त्यसकारण यी सबै कुराले पक्कै पनि हामी अगाडि नै बढ्दैछौँ भन्ने विश्वास छ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?
अरु केही भन्नु छैन, यो मेरो व्यक्तिगत सफलता होइन । जे सफलता प्राप्त भयो, त्यसको निम्ति म मेरो मण्त्रीमण्डलका सबै माननीय मन्त्रीहरुलाई धन्यवाद भन्न चाहन्छु । सरकारमा सहभागी भएका राजनीतिक दलहरुको पनि त्यहाँ भूमिका छ, म उहाँहरुलाई पनि म धन्यवाद भन्न चाहन्छु । प्रतिपक्षको त्यहाँ कुनै न कुनै भूमिका छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । अझ त्यसमा पनि मधेस केन्द्रित दलहरु सङ्घीय गठबन्धनका साथीहरु जो लगातार वार्ता संवादको प्रक्रियाबाट यहाँसम्म सरकारलाई अगाडि बढ्न मद्दत गर्नुभयो उहाँहरुलाई तथा आम नेपाली जनता, जसले अपार माया दिए तिनीहरुलाई मैले गरेका राम्रा कामहरुलाई जनतामा पुर्याउने पत्रकार मित्रहरु पत्रकारिता जगतबाट जुन भूमिका भयो उहाँहरु सबैलाई मैले धन्यवाद भन्न चाहन्छु । 
 

नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ