मिथिला माध्यमिकी परिक्रमामा सहभागी १ जनाको मृत्यु
मङ्गलबार, १३ फागुन २०७६, १८ : १४
जनकपुर । १५ दिने मिथिला माध्यमिकि परिक्रमाको तेस्रो दिन बिहान १ जनाको मृत्यु भएको छ । मङ्गलबार मिथिला माध्यमिकी परिक्रमाको क्रममा कल्यानेश्वरबाट डोलासँगै परिक्रमा गरिरहेका धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी बस्ने साधु निर्धन यादवको बिहान करिब ४ बजे भारतको बिहार प्रान्त स्थित मधुवनी जिल्लाको कल्याणेश्वरमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
मृतक साधु बिहान यादव आगो सल्काएर बसेको र केही बेरमै अचानक ढलेको परिक्रमामा सहभागीहरुले बताए । उनको शव कल्याणेश्वरबाट दाहसंस्कारको लागि परिवारजनले कचुरी गाउमा ल्याइसकेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल