ड्याट्सन गाडीको “हट डिल” योजनाका विजेता घोषणा
काठमाडौं– ड्याट्सन गाडीको “हट डिल” योजनाका विजेता घोषणा गरिएको छ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दशैंतिहारको उपलक्ष्यमा संचालन गरेको “ड्याट्सन हट डिल” योजनाअन्र्तगत ग्राहकहरुलाई लक्षित गरी विभिन्न पुरस्कारहरु घोषणा गरेको थियो ।
यस योजनाअन्र्तगत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु “ड्याट्सन हट डिल” लक्की ड्रका लागि योग्य मानिएका थिए । यस योजनाका भाग्यशाली विजेताहरु १३ फागुनमा पायोनियर मोटो कर्पको आधिकारिक शोरुम थापाथलीमा घोषणा गरिएको छ ।
लक्की ड्र प्रक्रियाद्वारा १० जना भाग्यशाली जोडी थाइल्याण्डको भ्रमणका लागि तथा ५ जना भाग्यशाली ग्राहकहरु १०/१० ग्रामको सुनको सिक्काका लागि छानिएका छन् । सो कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८लीटर र १.० लीटर तथा गो प्लस का आधिकारिक बिक्रेता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
-
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला