बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ का ६३ सैनिक अधिकृत विद्यार्थी दीक्षित

मङ्गलबार, १३ फागुन २०७६, १५ : ३७
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौँ । नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तीर्ण गरेका ६३ जना सैनिक अधिकृत विद्यार्थी दीक्षित भएका छन् । 

कलेजको २६ औं ब्याचका सैनिक अधिकृत विद्यार्थीहरुलाई मंगलबार दीक्षित गरिएको हो । दीक्षान्त समारोह कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले २१ औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न दीक्षित विद्यार्थीहरु सफल हुने बताए । उनले सैनिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सामना गर्न यस कलेजबाट उत्पादन भएका विद्यार्थीहरु सक्षम रहने विश्वास समेत व्यक्त गरे । 
उनले विश्वमा आउने जस्तोसुकै सुरक्षा चुनौति समाना गर्न सक्ने जनशक्ति तयार गर्न र व्यवसायीकता तथा सैनिक सिप सिकाउन स्टाफ कलेज सँधै अगाडि रहेको समेत बताए । 

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले दीक्षित विद्यार्थीहरु विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको विश्वास व्यक्त गरे । 

उनले कुनैपनि सैनिक अफिसरका लागि विश्लेषणात्मक क्षमता, योजना र सञ्चार कौशल महत्त्वपूर्ण हुने भएकाले विद्यार्थीहरु त्यसमा सक्षम हुने बताए । 

उनले नेपाली सैनिकहरु पनि विभिन्न मुलुकमा काम गर्न जाँदा सहयात्रीका रुपमा समन्वय गरेर काम गर्न यसप्रकारको शिक्षा कोषेढुंगा हुने समेत बताए । 

दीक्षान्त समारोहमा ६३ जना विद्यार्थीहरु दिक्षित भएका छन् । जस मध्ये ५० जना नेपाली आर्मीबाट, १ जना राष्ट्रिय अनुसन्धान विभाग, १ जना सशस्त्र प्रहरीबाट, १ जना नेपाल प्रहरीबाट र १० जना विभिन्न १० मुलुकका सुरक्षा निकायबाट रहेका छन् । १० जना विदेशीहरुमध्ये बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाबाट रहेका छन् । वि.सं.२०४९ सालमा स्थापना भएको यो कलेजबाट अहिलेसम्म १ हजार ५३ जना दीक्षित भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप