मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन १८ गते आउँदैछन् नेपालका लागि भारतीय राजदूत

मङ्गलबार, १३ फागुन २०७६, १५ : १३
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं–नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ (मार्च १) गते नेपाल आउने भएका छन् ।

पुसको अन्तिम साता भारत सरकारको मन्त्रिपरिषद्ले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो । फ्रान्सबाट भारत फर्किपछि नेपाल आउन प्रक्रिया पूरा गर्न समय लागेको कारण एक महिना ढिलाइ भएको हो । 
भारतीय दूतावास स्रोतका अनुसार उनी फागुन १८ मा नेपाल आइपुग्ने छन् र फागुन १९ देखि आफ्नो कार्यभार सम्हाल्ने छन् । 

उमेर हदका कारणले तत्कालीन भारतीय राजदूत मञ्जिभसिंह पुरीले समय अगावै डिसेम्बरमा अनिवार्य अवकाश प्राप्त गरी भारत फर्केपछि नेपालमा कार्यवाहक राजदूतको रुपमा अजय कुमारले पदभार सम्हाल्दै आएका छन् । 

सन १९८८ देखि भारतीय विदेश मन्त्रालयबाट सेवा शुरु गरका क्वात्रा पहिला थर्ड सेक्रेटरी र त्यसपछि सेकेन्ड सेक्रेटरी भएपछि सन् १९९३ मा जेनेभा मिसनमा गएका थिए । 

त्यसअघि उनी भारतीय विदेश मन्त्रालय, मन्त्री कार्यालयको ज्वाइन्ट सेक्रेटरी, अमेरिकाका लागि वासिंगटनडिसी स्थित भारतीय राजदुतावासमा मे २०१० देखि २०१३ सम्म उच्च तहको अधिकारीका रुपमा काम गरेका थिए । 
उनी सन् २०१७ अगस्तदेखि फ्रान्सको राजदूतमा नियुक्त भएका थिए । उनलाई नेपाल ममिलाका जानकार मानिन्छ । फ्रेन्च, अंग्रेजी, हिन्दी, चाइनिज भाषा बोल्न सक्ने उनीसँग सन् २००३ र २००६ का बीचमा चीनको बेइजिङ्ग स्थित भारतीय राजदूतावासमा काउन्सलरका रुपमा काम गरेको अनुभव छ।   उनले सन् २००६ देखि २०१० सम्म नेपालमा रहेको सार्क सचिवालयमा समेत काम गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप