शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस भएका देशबाट नेपाल आउनेहरुको निगरानी गर्न आग्रह

मङ्गलबार, १३ फागुन २०७६, १४ : ५९
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले कोरोना भाइरसको संक्रमण विश्वप्यापी रुपमा देखा परिरहेको बेला सरकारले आवश्यक सतर्कता र तयारीमा गम्भीरता नदेखाएको ठहर गरेको छ । 

राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस भएका देशबाट नेपाल आउनेहरुको निगरानी गर्नुपर्नेमा जोड दिएका छन् । 

‘कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुने लक्षण देखा परेको छ । यसबाट हालसम्म नेपाल बचेको छ । तर आउँदा दिनहरुमा यो संक्रमण नेपाल भित्र नआउला भन्न सकिँदैन । यस परिवेसमा नेपाल सरकारले अपनाउन पर्ने सतर्कता र तयारीमा गम्भिरता देखिएको छैन । कोरोना भाइरस भएका देशबाट नेपाल आउनेहरुको निगरानी व्यवस्थामा ध्यान दिइएको छैन’, अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस नेपाल भित्र देखिएमा त्यसलाई नियन्त्रण गर्न चाहिने न्यूनतम हस्पिटल सुविधा तथा अन्य चाहिने उपकरण (जस्तै आपतकालिन औषधी, नर्सिङ्ग व्यवस्था, डाक्टरहरुको लागि सुरक्षा उपकरण, भाइरस निरोधक मास्क, हात र आँखामा प्रयोग गर्ने उपकरण इत्यादी) हरुको व्यवस्था गरिएको छैन । यसबारे सरकारको अविलम्ब ध्यान जाओस् ।’

राप्रपाले सत्ताधारी दलले एक व्यक्तिको लागि संविधान संशोधन गर्न लागेको भन्दै आपत्ति समेत जनाएको छ । अचानक अब एक व्यक्तिको लागि संविधान संशोधन गर्ने अभियानले यो सरकार र सत्ताधारी दलसंविधान ध्वस्त गर्न कसिएको स्पष्ट भएको राप्रपाको आरोप छ । 

यस्तै राप्रपाले गोकुल बाँस्कोटा काण्डको छानविन गरी दोषीलाई हदै सम्म सजाय गर्न समेत माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप