शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत र अमेरिकाबीच २१ हजार करोड भारुको रक्षा सम्झौता

मङ्गलबार, १३ फागुन २०७६, १४ : ५८
मङ्गलबार, १३ फागुन २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार हैदराबाद हाउसमा भेटवार्ता भएको छ । भेटवार्तापछि दुई नेताले संयुक्त वक्तव्य जारी गरेका छन् ।

मोदीले भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच ३ वर्षमा व्यापार दोहोर अङ्कमा वृद्धि भएको जिकिर गरे । द्विपक्षीय व्यापारको बारेमा पनि दुई पक्षबीच सकारात्मक वार्ता भएको बताउँदै उनले भने, ‘हामीले ठूलो व्यापार सम्झौतामा पनि सहमत भएका छौँ । यसको सकारात्मक परिणाम निस्कनेछ । दुई देश कनेक्टिभिटी इन्फ्रास्ट्रक्चरको विकासमा पनि सहमत भएका छन् । यो दुई देश मात्र नभएर विश्वको हितमा छ । रक्षा, प्रविधि, ग्लोबल कनेक्टिभिटी, व्यापार र जनता र जनताबीचको सम्बन्धमा दुई देशबीच सकारात्मक चर्चा भएको छ ।’

उता, ट्रम्पले मोदीसँगको वार्तामा २१.५ करोड भारु बराबरको रक्षा सम्झौतालाई मन्जुरी दिइएको जानकारी दिए । दुवै देशले आतंकवादलाई समाप्त गर्न साझेदारी गर्ने र पाकिस्तानमाथि थप दबाब बनाउने सहमति भएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदी र ट्रम्पबीच प्रतिनिधिमन्डल स्तरमा भएको छलफलमा भारत–अमेरिकाबीच भएका ६ सम्झौतामध्ये रक्षा सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ ।

अहमदाबादमा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा राष्ट्रपति ट्रम्पले यसको घोषणा गरेका थिए ।

‘अमेरिका सन्तुलित व्यापार चाहन्छ । हामी इन्डो प्यासिफिक क्षेत्रलाई सुरक्षित राख्न प्रतिबद्ध छौँ । दुई देश आतंकवाद खतम गर्न सहकार्य गर्नेछ,’ ट्रम्पले भने, ‘जब मैले कारोबार सम्हाले, अमेरिकाको निर्यात बढेको छ, यसका लागि मोदीलाई धन्यवाद । मेरो कार्यकालमा भारसँग ६० प्रतिशतले व्यापार बढेको छ ।’

अमेरिकासँग सी–हक हेलिकप्टर किन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । २१ हजार करोडको रक्षा सम्झौतामा १८ हजार ६२६ करोड रुपैयाँ खर्च हुनसक्छ । भारतको नौसेनालाई यो हेलिकप्टर चाहिएको छ । यो हेलिकप्टरले हर मौसममा दुश्मनमाथि हमला गर्न सक्षम छ भने पनडुब्बीमाथि पनि निशाना बनाउन सक्छ । यसको अलावा भारतले अमेरिकासँग ८०० मिलियन डलरको ६ वटा एएच–६४ ई अपाचे हेलिकप्टर पनि खरिद गर्न सक्नेछ । यसको साथै अमेरिकाले भारतलाई मिसाइल डिफेन्स शिल्ड पनि बेच्ने प्रयास गरिरहेको छ । भारतले रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किन्ने तयारी गरिरहेको छ ।

यसका साथै भारत र अमेरिकाबीच परमाणु रियाक्टरसँग जोडिएको करार पनि महत्त्वपूर्ण छ । यस अन्तरगत अमेरिकाले भारतलाई ६ वटा रियक्टर सप्लाइ गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप