शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा काँग्रेसले सम्झियो मदन भण्डारी: प्रधानमन्त्रीको जन्मोत्सव र भ्रष्ट्राचारको विषयमा कटाक्ष

मङ्गलबार, १३ फागुन २०७६, १४ : ४१
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसले नेकपा सरकारले सत्ताउन्माद प्रर्दशन गरेको बताएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले ७० करोड घुस दिन्छु भन्नेलाई ठेक्का नदिएर त्यो भन्दा बढी घुस दिन्छु भन्नेलाई ठेक्का दिने काम गर्नु लाजमर्दो विषय भएको बताए । 

प्रधानमन्त्रीले भष्ट्राचार गर्दिन र गर्न दिन्न भन्ने तर नेपाल ट्रस्टको जग्गा तथा भवन नीति परिवर्तन गर्दै बुझाइको बताए । उनले भने– ‘यति होल्डिङ्सलाई नेपाल ट्रष्टको जग्गा नीति परिवर्तन गरेर कति दिने भन्ने टुङ्गो छैन । बालुवाटार जग्गामा सरकारले अख्तियारलाई यसरी प्रभावित ग¥यो सर्वाङ्ग लाजमर्दो स्थिति छ । न्यारोवडी विमान कम्पनीले नेपालको सरकारी संयन्त्रमा हामीले घुस दियौँ भन्यो, त्यसबारे सरकार अहिलेसम्म छानविन गर्ने बाटोमा छैन । वाडबडी जहाजबारे छानविन भएन, अख्तियारले चाढै छानविन गरोस् ।’

उनले सञ्चार मन्त्रालय आफै भष्ट्राचारको अखडा बनेको बताउँदै स्याटेलाइट ब्याण्डविथ वितरण होस, फोर जि वितरण, अप्टिकल फाइबर, टेलिकम इजाजतपत्र दिन एउटै मन्त्रालयमा भष्टाचारका लागि खरबौंका योजना तयार पारिएको बताए । त्यसैकारण प्रधानमन्त्रीले तुलामा राख्दा सञ्चारमन्त्री एकातिर अरु अर्को तिर भनेको भन्दै कटाक्ष गरे ।

सांसद रिजालले पुराना राजाको जन्मदिन समान्य रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा सत्ताउन्माद देखेर जनता दिग्दार र निराश बनेको बताए । उनले भने– ‘तपाईको जन्मोत्सवले पुराना राजा महाराजालाई इस्र्या लाग्यो होला । जुन तामझाम लिएर केन्द्रका प्रदेशबाट चारपाँच वटा हेलिकोप्टरमा आफ्ना मान्छे लग्नुभयो, उनीहरुले सोचे होलान् यो खड्गप्रसाद हैन नयाँ राजा महाराजा हो । तपाईभन्दा २० वर्ष पहिले जन्मिएको घरले अपमानित भएको महसुस ग¥योहोला । हिजोका राजाको भन्दा भद्धा नक्कल यो कम्युनिष्ट पार्टीले गरेको छ ।’ 

उनले पार्टीको झगडा व्यवस्थापन गर्न संविधान संसोधन गर्ने बठ्याईलाई नाच्न नजान्ने आँगन टेढो जस्तो भएको उल्लेख गरे ।  सांसद रिजालले भष्टाचारको यस्तो अवस्था फेरी हुँदैन भनेर संसदमा आएर जवाफ दिन आग्रह गरे । 

उनले भने– ‘मदन भण्डारीलाई विश्वास दिलाउनुस्, थरी थरीका श्रीपेच लगाएर आजको कम्युनिष्ट राजतन्त्रले जनतामा भष्टाचारले गाजेको नेपाल बनाउँदैनौँ भनेर । मदन भण्डारीको आत्मालाई शान्ति दिने बाटो त्यही होला ।’  सांसद रिजादले जनताले शंकाको सुविधा दिएको बताउदै प्रधानमन्त्रीको काँधमा चढेकोले तुक्र्याएको भन्दै सर्वाङ्ग जिय गन्हाउँदै गरेको बताए । 

उनले संसदमा आएर अब भष्टाचार गर्न दिन्न भनेर आश्वस्त गराउन, संविधान र लोकतन्त्र कसैले मिच्न सक्दैन भनेर आश्वस्त तुल्याउन आग्रह गर्दै प्रधानमन्त्रीले आश्वस्त पार्ने विस्वासका साथ सदन खोलेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप