बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा कमिसनबिना एक कदम पनि चल्न नसक्ने भएको छ: सरिता गिरी

मङ्गलबार, १३ फागुन २०७६, १४ : २१
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन् । ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन् ।

उनले भनिन्, ‘क्या नेपाल कम्युनिष्ट पार्टीका समाजवाद कमिसनवादके विना टिकेगा ? एक कदम नहि चल सक्ता हे नेकपाका समाजवाद इस कमिसनवादके विना । इसलिने नेपाल कम्युनिष्ट पार्टीके राजनीतिक दस्तावेजमे कमिसनवादको लिगलाइज गर्ते हुए एक च्याप्टर लाए और उस च्याप्टर पे हम बेहस करिङ्गे । कि ये कमिसन वाद और समाजवाद के बीचमे क्या सम्बन्ध हे ? बहुत सुने सामन्तवादको खत्तम किया कम्युनिष्ट पार्टी ने । दलाल पुजिँवादको खत्तम किया कम्युुनिष्ट पार्टी ने । और आके हम अड्के कहाँ हे अब अड्के हे क्रोनी पुँजीवादी मे । अभि नेपालके इस परिवेशमे इसे क्रोनिक पुँजिवाद कहिए या फिर नेकपाका पूँजीवाद कहिँए । इसमे कोही फरक नहिँ हे ।’

सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाएका छन् । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न समेत गरिन् । उनले भनिन्, ‘विधिका शासन कहाँ गया ? सभामुख महोदय’

उनले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रवृत्ति हावी भएको बताइन् । बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न समेत गरिन् । हुवाईदेखि लिएर यति होल्डिङसम्म सरकार अड्केको दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप