कोरोना भाइरसका कारण दक्षिण कोरियामा ८ को मृत्यु, ८ सय ९३ संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत सार्वजनिक भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने आठ जनाको मृत्यु भएको छ । यो चीन बाहिरको सबैभन्दा धेरै संख्या हो ।
उता जापानको डायमन्ड प्रिन्सेसमा मंगलबार अर्का एक युवकको मृत्यु भएको छ । अहिलेसम्म क्रुजमा सवार तीनजनाको मृत्यु भइसकेको छ । साथै चीनमा एकैदिन ७१ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा धेरै हुबेई प्रान्तमा ६८ जनाको मृत्यु भएको छ ।
चीनको स्वास्थ्य प्राधिकरणले मंगलबार दिएको जानकारी अनुसार चीनमा सोमबार ५ सय ८ नयाँ संक्रमित भेटिएका छन् । यहाँ अहिलेसम्म २ हजार ६ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यसका साथै ७७ हजार ६ सय ५७ संक्रमितको पुष्टि भइसकेको छ । २७ हजारभन्दा बढीलाई अस्पतालबाट छुट्टी दिइएको पनि जानकारीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध