शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोखास्थित बिजुलीको पोलमा ठोक्कियो मोटरसाइकल, चालकको मृत्यु

मङ्गलबार, १३ फागुन २०७६, ०९ : ५८
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौँ : काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० वर्षीय हितबहादुर तामाङको मृत्यु भएको हो । उपचारका लागि अस्पताल लैजाने क्रममा तामाङको बाटोमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार नुवाकोटकै शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय सुनिल थापाको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट थप उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप