ट्रम्पको सम्मानमा आयोजित डिनरमा सोनियालाई ‘नो–इन्ट्री’ !
दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मङ्गलबार राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिदैछ । उनलाई त्यहाँ गार्ड अफ अनर दिइनेछ ।
त्यसपछि ट्रम्प र उनकी पत्नी मेलानिया राजघाट जाने कार्यक्रम रहेको छ । त्यहाँ उनीहरुले राष्ट्रपिताप्रति श्रद्धासुमन अर्पण गर्नेछन् ।
यो कार्यक्रमपछि प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच हैदराबाद हाउसमा औपचारिक भेटवार्ता हुनेछ । त्यहाँ दुवै देशका प्रतिनिधिमण्डल उपस्थित रहनेछन् । आजै राष्ट्रपति कोविन्दले ट्रम्पको सम्मानमा डिनरको आयोजना गर्नेछन् ।
काँग्रेस नेताहरुले भने ट्रम्पको सम्मानमा आयोजित रात्रिभोजमा सामेल हुने निमन्त्रणा अस्वीकार गरेका छन् । अधीर रञ्जन र गुलाम नबी आजादपछि पूर्व प्रधानमन्त्री मनमोहन सिंह पनि रात्रिभोजमा भाग लिनेछैनन् । राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सोनिया गान्धीलाई निमन्त्रणा नदिइिएको भन्दै उनीहरुले सो समारोहमा भाग नलिने घोषणा गरेका हुन् ।
ट्रम्प सोमबार भारत भ्रमणका क्रममा आहमदाबाद पुगेका थिए । उनले त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसँग रोड शो गरेका थिए । त्यसपछि मोटेरा स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भाग लिएका थिए । त्यसपछि ट्रम्प पत्नी मेलानिया र छोरी–ज्वाइँका साथ ताजमहज हेर्न अगरा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो