शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कीर्तिमानी जीतसँगै लिभरपुल लिग उपाधिबाट मात्र चार जीत टाढा

मङ्गलबार, १३ फागुन २०७६, ०८ : ३४
मङ्गलबार, १३ फागुन २०७६

लिभरपुलले वेस्ट ह्याम युनाइटेडविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै लिग उपाधिबाट आफूलाई मात्र चार जीत टाढा उभ्याएको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले ३–२ को जीत हासिल गरेको हो । अब सिटीले अगामी सबै ४ खेल जित्दा पनि लिभरपुलले त्यही अवधिमा सबै खेल जित्यो भने ३० वर्षपछि लिग उपाधिमा कब्जा जमाउनेछ ।

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले बनाएको लगातार १८ जीतको कीर्तिमान पनि बराबरी गरेको छ । लिभरपुलले सन् २०१७ मा अगस्तदेखि डिसेम्बरसम्म लगातार जीत हासिल गरेको थियो । गत अक्टोबर म्यान्चेस्टर युनाइटेडसँग १–१ को बराबरी खेले यता लिभरपुलले कुनै पनि खेलमा अंक गुमाएको छैन ।

खेलमा जर्जिनो विज्नाल्डमको गोलको मद्दतले लिभरपुलले खेलको नवौँ मिनेटमा नै अग्रता लिएको थियो । तर, इसा डियोप र पाब्लो फोनार्लेसको गोलको मद्दतले २–१ को अप्रत्यासित अग्रता लियो ।

त्यसपछि खेलमा सुधार गरेको लिभरपुलका लागि ६८ औँ मिनेटमा मोहमद सलाहले बराबरी गाल फर्काए । खेलको ८१ औँ मिनेटमा साडियो मानेले निर्णायक गोल गर्दै लिभरपुललाई तीन अंक दिलाए ।

जीतसँगै लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता कायम राखेको छ । हारपछि वेस्ट ह्याम रेलिगेसन जोनमा रहेको छ ।

२७ खेलपछि लिभरपुललको ७९ अंक रहेका छ भने दोस्रो स्थानमा रहेको सिटी ५७ अंकमा सिमित छ ।

लिभरपुलको यो घरेलु मैदानमा लगातार २१ औँ जीत पनि हो । यो कीर्तिमान लिभरपुलले नै सन् १९७२ मा कायम गरेको थियो ।

लिभरपुलले अब शनिबार वाटफोर्डको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप