शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोषी ठहरिए हलिउड फिल्म निर्माताः एन्जेलिना जोलीसमेत ८० बढी महिलाले लगाएका थिए यौन उत्पीडनको आरोप

मङ्गलबार, १३ फागुन २०७६, ०७ : ४४
मङ्गलबार, १३ फागुन २०७६

हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टीनलाई यौन उत्पीडन र बलात्कारको मामलामा दोषी पाइएको छ ।

वाइनस्टीनमाथि ८० बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए ।

पाँच महिला र सात पुरुषको बेन्चले पाँच दिनसम्म विचार विमर्श गरेपछि वाइनस्टीनलाई थर्ड डिग्री रेप र फर्स्ट डिग्री आपराधिक यौन गतिविधिको मामलामा दोषी ठहर गरेको हो ।

यसका लागि उनलाई २५ वर्षको जेल सजाय हुनसक्छ ।

उनीविरुद्धको अहिले पनि दुई महिलामाथि बलात्कार र यौन हमला गरेको मुद्दा लस एन्जेल्समा चलिरहेको छ ।

तर ६७ वर्षका वाइनस्टीनमाथि फर्स्ट डिग्री रेप अर्थात् बलात्कारजस्ता कुनै पनि गम्भीर दोष भने सिद्ध भएन ।

८० बढी महिलाले लगाएका थिए आरोपः

चर्चित अभिनेत्री एन्जेलिना जोली र ग्वीनेथ पल्त्रोवसमेत हलिउडसँग सम्बन्धित चर्चित महिलाले हावी वाइनस्टीनमाथि यौन उत्पीडनको आरोप लगाएका थिए ।

जोली र पल्त्रोवले हलिउडमा आफ्नो सुरुवाती संघर्षका बेला यस्तो घटना भएको बताएका थिए ।

एन्जेलिना जोलीले ‘न्यूयोर्क टाइम्स’ लाई पठाएको आफ्नो बयानमा लेखेकी थिइन्, ‘युवावस्थामा हार्वी वाइनस्टीनसँग मेरो असाध्यै नराम्रो अनुभव रह्यो र यही कारण मैले उनीसँग काम नगर्ने निर्णय गरेँ र अरुलाई पनि सचेत गराएँ ।’

यस्तै, ‘सेक्सपियर इन लव’ जस्ता फिल्मका लागि ओस्कर अवार्ड पाउने पल्त्रोवले वाइनस्टीनले उनलाई आफ्नो फिल्म ‘एम्मा’ मा मुख्य भूमिकाका लागि छानेका थिए । त्यसपछि उनलाई पल्त्रोवले होटलमा बोलाए, उनलाई छोएर आफ्नो बेडरुममा मालिस गरिदिने कुरा गरे ।

पल्त्रोवले पत्रिकालाई भनिन्, म त्यतिबेला बच्चै थिएँ, मलाई फिल्ममा छानिसकिएको थियो तर यो घटनापछि म अवाक भएँ ।’

यसअघि पनि थुप्रै अभिनेत्रीले वाइनस्टीनमाथि यौन उत्पीडनको आरोप लगाएका थिए

यो खबर ‘द न्यू योर्कर’ म्यागजिनमा प्रकाशित भएको थियो त्यसपछि वाइनस्टीनले आरोपको खण्डन गरेका थिए ।

हार्वी वाइनस्टीनविरुद्ध थुप्रै महिला सार्वजनिक भएपछि मिटू आन्दोलनले थप प्रश्रय पाएको थियो त्यसपछि संसारभरीका महिलाले आफूमाथि भएको यौन उत्पीडनको अनुभवलाई सोसल मिडियामा साझा गरे ।

कति शक्तिशाली छन् वाइनस्टीन ?

वाइनस्टीनलाई हलिउडका सर्वाधिक शक्तिशाली हस्तीमध्ये एक मानिन्छ ।

सन् १९९६ मा ओस्कर जित्ने अभिनेकी मीरा सार्विनोले पनि वाइनस्टीनमाथि सम्बन्ध स्थापित गर्नका लागि दबाब दिने कोसिस गरेको आरोप लगाएकी थिइन् ।

वाइनस्टीन हिलेरी क्लिंटन र बराक ओबामाको पार्टीलाई ठूलोे परिमाणमा चन्दा दिने व्यक्तिमा समावेश छन् ।

पछिल्लो आम निर्वाचनमा पनि क्लिंटनलाई उनले चन्दा दिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप