विवाहित छोरीलाई पनि अंश
मङ्गलबार, १३ फागुन २०७६, ०६ : ४४
हेटौडा उपमहानगरपालिका–१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् ।
१ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ््ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ ।
२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बताए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हटौंडाका नागरिक भने नमुना बनेका छन् ।
हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरु यसअघि पर्याप्त नभएको सम्बद्ध विज्ञहरुको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्रमा रोशन पराजुलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेरबहादुर देउवालाई एमालेको निम्तो, भने– आउँछु
-
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
इरानसँग तनाव बढेपछि आफ्ना नागरिकलाई इजरायल छाड्न अस्ट्रेलियाको आग्रह
-
सुप्रिम सहकारी प्रकरण : ओम गुरुङको पक्षमा बहस हुँदै
-
जमिन मुनी पानीको चरम दुरुपयोग र भवनको भारले भासियो चीनको आधा सहर
-
आठ रन बनाउँदै आउट भए आसिफ शेख