शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा मतदाता ७९ हजार ९१३ जनाले मतदाता नामावली दर्ता गराए

सोमबार, १२ भदौ २०७४, १२ : ११
सोमबार, १२ भदौ २०७४

भद्रपुर । झापामा कुल ७९ हजार ९१३ जनाले मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ । 

तीमध्ये जिल्ला बाहिरका १५४ जना छन् । साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा आएर दर्ता गराउनेको संख्या आठ हजार ७६० छन् भने साउन १६ देखि भदौ ३ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा दर्ता गराउनेको संख्या ७१ हजार १५३ रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । 

जिल्ला निर्वाचन कार्यालय भद्रपुरका अनुसार जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको संख्या भद्रपुर नगरपालिका चार हजार ४६६, मेचीनगर नगरपालिकामा सात हजार २०४, कनकाई नगरपालिकामा पाँच हजार नौ, विर्तामोड नगरपालिकामा आठ हजार ११९, गौरादह नगरपालिकामा चार हजार ५०३, अर्जुनधारा नगरपालिकामा सात हजार ३१३, दमक नगरपालिकामा छ हजार ६९३ र शिवसत्ताक्षी नगरपालिकामा पाँच हजार ४७१ छन् । 

यसैगरी कचनकवल गाउँपालिकामा एक हजार ९२६, बाह्रदशी गाउँपालिकामा दुई हजार ५५६, झापा गाउँपालिकामा एक हजार ८६०, बुद्धशान्ति गाउँपालिकामा पाँच हजार ४२३, गौरीगञ्ज गाउँपालिकामा एक हजार ९९६, कमल गाउँपालिकामा छ हजार १८ र हल्दिबारी गाउँपालिकामा दुई हजार ५९६ जनाले मतदाता नामावली दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप