शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोभिड १९ का कारण इरानमा ५० व्यक्तिको मृत्यु हल्लामात्रै’

सोमबार, १२ फागुन २०७६, २२ : ३२
सोमबार, १२ फागुन २०७६

एजेन्सी । नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण  इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अप्नाउन सरकारी अधिकारीहरुको आग्रह छ । 

इरानले नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या १२ पुगेको बताएको छ ।  इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्री सइद नमकीले सोमबार मृत्यु हुनेको सङ्ख्या बढेर १२ पुगेको पुष्टि गरेका हुन् ।

उनले अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जानकारी दिनुभएको इरानी समाचार संस्थाले जनाएको छ । उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न इरानसँग पर्याप्त श्रोतसाधन रहेको दावी पनि गरेका छन् । तर आम नागरिकले सतर्कता नअप्नाएकोले फैलिने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।  
  
सार्वजनिक कार्यक्रम तथा भेला, खेलकुदका कार्यक्रमलगायतमा सहभागी हुन सर्वसाधारणले नछाडेकाले अपेक्षित सुधार हुन नसकेको उनीहरुले बताएका छन् । 

यसैबीच, इरानको छिमेकी मुलुक इराकमा पनि यस महामारी प्रवेश गरेको छ । अहिलेसम्म कुनै सङ्क्रमित नभेटिएकोमा अहिले दुई जनामा सङ्क्रमण पुष्टि भएको इराकी स्वास्थ्य अधिकारीहरुको भनाई छ । 

उनीहरुले सोमबार नै पहिलो सङ्क्रमित भेटिएको पुष्टि गरेका थिए भने अर्का सङ्क्रमित पनि सोमबार नै भेटिएको जानकारी दिएका छन् । Photo: REUTERS

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप