बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टुसाल र खुमलटार विजयी

सोमबार, १२ फागुन २०७६, २० : ०१
सोमबार, १२ फागुन २०७६

काठमाडौं । टुसाल युथ क्लब र खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा टुसालले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० गोलले हरायो । टुसालको जितमा रबी राईले १३ औं र प्रकाश भुजेलले ७७ औं मिनेटमा गोल गरे ।

पहिलो जितसँगै टुसालले तीन अंक बनाएको छ । अर्को खेलमा खुमलटार युथ क्लबले मध्यपुर युथ एसोसियसनलाई १–० गोलले हरायो । खुमलटारको जितमा महेश राईले निर्णायक गोल गरे । उनले ५७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै खुमलटारले तीन अंक बनाएको छ । लिगमा ‘बी’ डिभिजनमा रहेका १२ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । लिग विजेता टोली ‘ए’ डिभिजनमा बढुवासमेत हुनेछ । अन्तिममा रहने टोली रेलिगेसनमा पर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप १० लाख रुपैयाँ प्रदान गरेको छ । प्रत्येक खेलको विजेता टोलीले २० हजार र खेल बराबरी भएका सात हजार पाँच सय रुपैयाँ पनि थप प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप