बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुलबहादुर र सरस्वतीलाई अवार्ड

सोमबार, १२ फागुन २०७६, १९ : ४९
सोमबार, १२ फागुन २०७६

काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी कुलबहादुर थापा र सरस्वती चौधरीलाई ‘मनोरञ्जनरमण शर्मा अवार्ड— २०७६’ बाट सम्मान गरिएको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले स्थापना गरेको यास अवार्ड पुरुषतर्फ कुलबहादुर र महिलातर्फ सरस्वतीलाई सोमबार प्रदान गरिएको हो ।

अवार्डसँग दुबै जनाले जनही ३५ हजार रुपैयाँ पाए ।  सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेलगत्तै अध्यक्ष शर्माले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरी यो अवार्डको घोषणा गरेका थिए । सोही रकमबाट प्राप्त ब्याजले  अवार्ड प्रदान गर्न थालिएको हो । खेलाडीलाई सोमबार नेपाल स्याटलाइट टेलिकम प्रालिकी अध्यक्ष अस्मिता सुमार्गी, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, संघका अध्यक्ष शर्मालगायतले पुरस्कार प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप