बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हुण्डाइको नयाँ ‘आयनिक ईलेक्ट्रिक २०२०’ नेपालमा

सोमबार, १२ फागुन २०७६, १९ : ०८
सोमबार, १२ फागुन २०७६

काठमाडौं– हुण्डाइको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले आफ्नो नयाँ ईलेक्ट्रिक कारको ‘आयनिक ईलेक्ट्रिक २०२०’ लन्च गरेको छ । 

हुण्डाइ आयनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ठ पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रिक प्रिमियम सेडानले ईलेक्ट्रिक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ ।

आयनिकमा 38.3kWh ईलेक्ट्रीक मोटरको साथ 100 kW  को ब्याट्री पावर छ र यसको अधिकतम स्पीड 165kph छ, जसले यसलाई बिना झनझट लामो दुरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ रेन्ज ३११ कि.मी. छ । यो पूर्ण ईलेक्ट्रिक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्छ ।
 
नयाँ ‘आयनिक ईलेक्ट्रिक २०२०’ मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ । ‘आयनिक ईलेक्ट्रिक २०२०’ को साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन किनकि यसमा एलईडी डीआरएल र हेडल्याम्प, स्मार्ट ईलेक्ट्रिक सनरुफ र नयाँ आइकोनिक ग्रील छ । 

यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादि । यसै गरी यी गाडीहरु ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरुले भरिपूर्ण छ ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुण्डाइले ‘आयनिक ईलेक्ट्रिक २०२०’को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप