एनआईसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टिभीमा विशेष छुट
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई सोनी ब्राभिया टिभीमा विशेष छुट मिल्ने भएको छ ।
एन आई सी एशिया र नेपा हिमा ट्रेड लिंक बीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टिभीको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरि सोनी ब्राभियाका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम २,०००सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहकहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा