बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सोमबार, १२ फागुन २०७६, १७ : २१
सोमबार, १२ फागुन २०७६

बुटवल । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दाडको लमही नगरपालिका वडा नं. ६ मा दिउँसो रा ३ प ५७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी कृष्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी अनुसार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएका थिए । उनको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप