‘चालकको भूमिका डाक्टरको भन्दा ठुलो’
काठमाडौँ । ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले चालकको भूमिका डाक्टर भन्दा ठुलो हुने बताएका छन् ।
अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात इकाई कमिटी तथा नेपाल यातायात एक्सप्रेस प्रालिको आयोजनामा भएको अन्तर्रक्रिया तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
डकालले एकजना डाक्टरको लापरबाहीले एकै जनामात्र बिरामीको ज्यान जाने भएपनि एकजना चालकको लापरबाहीले सयौं यात्रुको ज्यान जानसक्ने भन्दै चालकको भूमिका डाक्टरको भन्दा पनि ठूलो हुने धारणा राखे ।
ढकालले उपत्यकाको सडकलाई प्रविधि मैत्री बनाउन सुधारको काम भइरहेको पनि जानकारी दिए ।
कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक दामोदर भट्टले श्रव्य दृश्य विधि मार्फत ट्राफिक दुर्घटना न्यूनीकरण, यात्रु मैत्री व्यवहार, सडक सभ्यता, ट्राफिक नियम पालना, यातायात मजदुरको काम कर्तव्य र अधिकार सम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिएका थिए ।
यस्तै कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष रामचन्द्र कार्कीले सामाजिक सुरक्षा कोषमा सवै यातायात व्यवसायी आबद्ध भएपश्चात मजदुरको रोजगारीको ग्यारेन्टी हुने र अरु सबै समस्या पनि एकैपटक हल हुने बताए ।
त्यस्तै संगठनका बरिष्ठ उपाध्यक्ष दिपक केसीले चालकका लागि राज्यको तर्फबाट कुनै प्रशिक्षण नहुनु दुखद भएको बताए ।
अखिल नेपाल यातायात मजदुर संघका इकाई अध्यक्ष दिलिप गुरुङको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश अध्यक्ष दिपक केसी, एसपी राजकुमार वैदवारलगायतको समेत सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक