बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले सोध्यो प्रभु साहलाई स्पष्टीकरण

सोमबार, १२ फागुन २०७६, १६ : ०३
सोमबार, १२ फागुन २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ का पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ ।  पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्ष साहलाई सोधेको पत्रमा भनिएको छ, ‘तपाईले पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपालका विरुद्धमा समाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ? तपाईलाई पार्टीले किन कारवाही नगर्ने ? केन्द्रीय सचिवालयको निर्णयअनुसार तपाईलाई स्पष्टीकरण सोधिएको छ ।’

शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपनि पत्र हिजो पठाएको छ । अध्यक्ष साहले आफूलाई स्पष्टीकरण सोधिएको पत्र प्राप्त भएको छ तर त्यस बारेमा अहिले कुनै टिप्पणी नगर्ने बताए । 

अध्यक्ष साहले केही दिन पहिले ललिता निवास जग्गा प्रकारणको बारेमा अभिव्यक्ति दिएका थिए । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायतका पूर्वमन्त्रीहरुमाथि अख्यितार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष साहको प्रतिकृया आएको थियो । ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष, यो कसरी यो कहाँको न्याय हो भनि उनले प्रश्न गरेका थिए ।
यसमा उनले कसैको नाम उल्लेख नगरेपनि त्यतिबेलाका प्रधानमन्त्री माधवकुमार नेपाल थिए । र, अध्यक्ष साहको अभिव्यक्ति नेपालमाथि नै रहेको नेकपाले ठहर गरेको छ । 

फेसबुकमार्फत साहले दिएका अभिव्यक्तिमा भनेका छन्, संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिदैन, हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप