शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा चितवन बन्द घोषणा

सोमबार, १२ फागुन २०७६, १५ : ०७
सोमबार, १२ फागुन २०७६

चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले फागुन १५ गते ‘चितवन बन्द’ को घोषणा गरेको छ । चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै काँग्रेसले जिल्ला बन्दको घोषणा गरेको हो ।

वडाध्यक्ष पौडेल बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायत ७ सुत्रीय माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा छन् । उनी अनशन बसेको ६ दिन हुँदासमेत माग पूरा गर्नका लागि राज्यले चासो नदिएको भन्दै काँग्रेसले चितवन बन्दसहितका दबाबमूलक कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार मंगलबार दिउँसो १२ः३० देखि जिल्ला प्रशासन कार्यालय, चितवनमा एक घण्टा धर्ना दिने, बुधबार लायन्स चोकबाट पुल्चोकसम्म मसाल जुलुस र बिहीबार चितवन बन्द गरिने काँग्रेसले जनाएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप