शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्ववियु सभापतिका उम्मेद्वार पक्राउ परेको विरोधमा नेविसंघ कास्कीले  बाल्यो टायर

सोमबार, १२ फागुन २०७६, १४ : २८
सोमबार, १२ फागुन २०७६

पोखरा । पृथ्वीनारायण क्याम्पसमा दुई संगठनबीच भएको झडपले उग्र रुप लिएको छ । गएको बिहीबार नेकपा निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघबीचको झडपबाट घाईते भएका अनेरास्ववियुका विराट दवाडी र विशाल पन्तको उजुरीपछि नेविसंघका स्ववियु सभापतिका उम्मेद्वार राजेश हमाल पक्राउ परेपछि दुई संगठनबीच तनाब चर्किएको हो ।

हमाललाई पक्राउ गरेको विरोधमा नेविसंघ कार्यकर्ताले गण्डकी प्रदेशसभा अघि टायर बालेर आधाघण्टा चक्काजाम गरेर नाराबाजी समेत गरेका छन् । त्यस्तै, संघका कार्यकर्ताले पिएन क्याम्पस गेटअघि सरकारी नम्बर प्लेटको गाडि पनि आफ्नो नियन्त्रणमा लिएका छन् । 

सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउन खोजिएको भन्दै नेवि संघले विरोध जनाउँदै आएको छ । स्ववियु सभापतिका उम्मेद्वार हमाललाई क्याम्पस प्रमुखले वार्ताका लागि बोलाएर प्रहरीलाई खबर गरि पक्राउ गरेको उसको आरोप छ । नेविसंघकार्यकर्ताले क्याम्पस प्रमुखको राजिनामाको मागसहित हमाललाई बिना शर्त रिहाई गर्न माग गरेको छ । 

त्यस्तै प्रहरीले नेविसंघका कार्यकर्ता सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आफ्ना सदस्यलाई झुठा मुद्दा लगाएर फसाउन खोजिएको नेविसंघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । 

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको झण्डाको अपमान गरेर केक बनाई काटेको भन्दै आफूहरुले सो कार्यको विरोध जनाउने समेत उनले जानकारी दिए ।  आफ्ना साथीहरुको स–सम्मान रिहा गर्नुपर्ने उनको माग छ । आफ्ना मागहरु पुरा नभए सरकारी गाडी बन्द गर्ने र चरणबद्ध शैक्षिक हड्तालमा उत्रिने उनले बताए । त्यस्तै, प्रहरीले चिप्लेढुंगा काङ्ग्रेस पार्टी कार्यालय अघिबाट पनि केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप