सिरहामा कोरोनाभाईरसबारे सचेतना
सोमबार, १२ फागुन २०७६, १३ : ४४
सिरहा । गोलबजार नगरपालिकाका कोरोनाभाइरसबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा मेयर देवनाथ साहले सरसफाईप्रति सचेत रहन सके धेरै रोगबाट बच्न सकिने बताए ।
उनले छिमेकी देशमा देखिएको कोरोनाभाईरसले दुनियाँलाई नै आतङ्कित बनाएको भन्दै यसबाट बच्न सचेत रहँदै सरसफाईमा ध्यान दिनुपर्ने बताए । गोलबजार नगरस्वाथ्य कार्यालयको आयोजनामा भएको अन्तरक्रियामा स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले कोरोनाभाईरसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धुने, रुघाखोकी तथा स्वासप्रस्वासका बिरामीको नजिक नजाने, खोक्दा वा हाछ्यूँ गर्दा मुख, नाक छोप्ने, मासु वा अण्डा खाँदा राम्रोसँग पकाएर खाने गर्नुपर्ने बताए ।
सोही क्रममा उनले रुघाखोकी वा फ्लूको जस्तो लक्षण देखिए जथाभावी औषधी नखाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी