मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महाथिरद्वारा मलेसियाको प्रधानमन्त्री पदबाट राजीनामा

सोमबार, १२ फागुन २०७६, १२ : ५८
सोमबार, १२ फागुन २०७६

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामाको घोषणा गर्दै नयाँ सरकार गठनको प्रक्रिया खुला गरेका छन् ।

दुई लाइनको वक्तव्य जारी गर्दै उनले स्थानीय समयअनुसार दिँउसो १ बजे देशका राजालाई आफ्नो राजीनामाबारे जानकारी दिएको बताएका हुन् ।

महाथिरको पार्टी ‘पार्टी प्रिभूमी बेरसातु मलेसिया’ले सत्तारुढ गठबन्धन पाकातान हारापान ‘एलाइन्स फर होप’ पनि छाडेको पार्टीका सभापति मुहिद्दिन यासिनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

एक हप्ता लामो राजनीतिक खिचातानीपछि आइतबार राति महाथिरको पार्टीले उनको उत्तराधिकारीको रुपमा हेरिएका अनवर इब्राहिम बिना नयाँ सरकार बनाउने तयारी गरिरहेको समाचार आएको थियो ।

९४ वर्षीय महाथिर र ७२ वर्षीय अनवरबीच लामो समयदेखि राजनीतिक द्वन्द्व चलिरहेको थियो ।

तर, सन् २०१८ को निर्वाचनअघि अनवर र महाथिर एक भएर ६ दशकदेखि सत्तामा रहेको युएमएनओको बोलबाला रहेको बारिसान नेसनल गठबन्धलाई हराएका थिए । यो अनपेक्षित हारसँगै तत्कालिन प्रधानमन्त्री नाजिब रजाक सत्ताच्युत भएका थिए ।

तर, अनवरलाई सत्ता हस्तान्तरणको लागि निश्चित समयतालिका बनाउन महाथिरले आनाकानी गरेपछि पाकातान हारापान गठबन्धनमा फुट देखिएको थियो ।

अनवर सन् १९८१ देखि २००३ सम्म महाथिर प्रधानमन्त्री हुँदा उप–प्रधानमन्त्री थिए । सन् १९९८ मा महाथिरले उनलाई बर्खास्त गरेका थिए । लगत्तै अनवरलाई अनैतिक यौनगतिविधि गरेको आरोपमा पक्राउ गरेर जेल चलान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप