आमा ! म तिमीलाई हरेक दिन याद गर्छु : जाहन्वी कपूर
सोमबार, १२ फागुन २०७६, १२ : ५२
एजेन्सी : बलिउड अभिनेत्री श्रीदेवीको २४ फेब्रअरीमा पर्ने पुण्यतिथिमा छोरी जाहन्वीले आमाको यादमा भावुक हुँदै सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन् ।
सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई गएकी श्रीदेवीको होटलको बाथटबमा डुबेर मृत्यु भएको थियो ।
उनलाई थुप्रै देशका प्रशंसकले श्रद्धान्जली दिएका थिए ।
जाहन्वीले पुण्यतिथिको दिन आफ्ना बच्चा बेलाको तस्बिर शेयर गरेकी छिन् । तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘आमा ! म तिमीलाई हरेक दिन निकै याद गर्छु ।’
श्रीदेवीको अचानक भएको मृत्युले धेरैलाई पीडा दिएको थियो । उनी बलिउडकी नक्षेत्र हुन् । आज पनि धेरैले उनलाई याद गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)