३० लाख चोरी गरेको अभियोगमा एक जना पक्राउ
सोमबार, १२ फागुन २०७६, १२ : ३८
ललितपुर । ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद ३० लाखसहित विभिन्न धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
चोरी गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकी खड्का गाउँ डेरा गरी बस्ने खगेन्द्र कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्टोरबाट गत शुक्रबार नगद ३० लाख रुपैयाँ सहित जिन्सी धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही स्टोरमा काम गर्ने थापाको कोठामा तलासी लिने क्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा नगद २० लाख ५० हजार रुपैयाँ, घटनास्थलमा प्रयोग गरेको छाता, मोबाइल र ज्याकेट समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।
थापालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न